ट्रम्प—किम शिखर वार्ता

ट्रम्प—किम शिखर वार्ता

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुुन जय इनबीच गत एप्रिल २७ मा भएको शिखर वार्ताले कोरियाली प्रायद्वीपमा मडारिएको युुद्धको बादल तत्कालका लागि मत्थर भएको छ। यो वार्ताले दुुई राष्ट्रका जनतामा खुुसी मात्र ल्याएको छैन आणविक युुद्धको त्रास बोकेको बाँकी विश्वलाई पनि राहत मिलेको छ।

दुुई कोरियाली सीमामा पर्ने गैरसैनिक क्षेत्र पानमुुन्जममा भएको शिखर वार्ताअघि दुुई नेताले एकआपसमा हात मिलाउँदाको क्षण ऐतिहासिक थियो। १९५० देखि १९५३ सम्म जारी कोरियाली युुद्धको युुद्धविरामपछि दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता बनेका किमले दक्षिण कोरियाली राष्ट्रपति मुुनलाई पनि आफ्नो भूमिमा टेक्न आग्रह गरे। दक्षिण कोरियाली राष्ट्रपति मुुनले पनि किमको आग्रहलाई स्वीकार गर्दै सैनिक सीमारेखा पार गरेर उत्तर कोरियाली भूमिमा पाइला टेके। प्रतिकात्मक शान्ति वृक्षरोपण कार्यक्रममा सहभागी भएर सुुरु भएको शिखर वार्ता कोरियन प्रायद्वीपको शान्ति, समृद्धि र एकताका लागि पनमुुन्जम घोषणा जारी गरेर सकियो। दुुई नेताद्वारा हस्ताक्षरित दस्तावेजमा कोरियन प्रायद्वीपलाई पूर्णरूपमा परमाणुु अस्त्रमुुक्त क्षेत्र बनाउने र दुुई कोरियाबीच जारी युुद्धविरामलाई औपचारिक रूपमा टुुंग्याउने उल्लेख गरिएको छ।

शान्तिको नवयुुगसँगै नयाँ इतिहास सुुुरु भएको घोषणा गरेर स्वदेश फर्केका किमले प्रतिवद्धतास्वरूप आफ्नो परमाणुु परीक्षण केन्द्र यसै महिना बन्द गर्ने घोषणा गरेका छन्। उक्त परीक्षण केन्द्रको स्थलगत निरीक्षणका लागि दक्षिण कोरियाली र अमेरिकी पत्रकार तथा विशेषज्ञलाई समेत बोलाइने बताएका छन्। सन् २०१५ मा समय उत्तर कोरियाली समय आधा घन्टा ढिलो बनाएका किमले दक्षिण कोरियासँग समय मिलाउन पुुनः आधा घन्टा छिटो बनाएका छन्। त्यसैगरी उत्तर कोरियाली जेलमा रहेका तीनजना अमेरिकी नागरिकलाई रिहा गर्न सक्ने संकेत पनि दिएका छन्। अधिकांश दक्षिण कोरियाली जनताले यसपटक किमको प्रतिवद्धतामा विश्वास गरेका छन् र शिखर वार्तापछि राष्ट्रपति मुुनको लोकप्रियता ह्वात्तै बढेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुुनले विद्यमान प्रतिबन्धहरूसँग विरोधाभास नहुुने गरी उत्तर कोरियाको सहयोगका निम्ति योजना तयार गर्न आफ्ना अधिकारीलाई निर्देशन दिएका छन्।

किम र मुुनबीचको यो शिखर वार्ताले कोरियाली प्रायद्वीपको दिगो शान्तिका निम्ति जग बसालेको छ तर यसको भविष्य निकट भविष्यमा हुुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताले निर्धारण गर्ने छ। दुुई कोरियाली नेताबीच भएको शिखर वार्ताको स्वागत गर्दै राष्ट्रपति ट्रम्पले निकट भविष्यमा आफू र किमबीच हुुने वार्ताले सकारात्मक परिणाम ल्याउनेमा आफू आशावादी भएको र यदि त्यसो नभएमा सम्मानपूर्वक वार्तास्थलबाट बाहिरिने बताएका छन्। किम जोङ उनमा यसपटक वार्ताप्रतिको गम्भीरता देखेको जिकिर गर्दै यसपटक उनले झुुक्याउलान् जस्तो नलागेको र आफू झुुक्किने व्यक्ति नभएको बताएका छन्।

यो शिखर वार्तासँगै नोबेल शान्ति पुुरस्कारका लागि ट्रम्पको नाम चर्चाको विषय बनेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुुनले आफू र किमबीच सम्पन्न शिखर वार्ताको सफलताको       श्रेय राष्ट्रपति ट्रम्पलाई दिँदै ट्रम्प नोबेल शान्ति पुुरस्कारको हकदार हुुनेसमेत बताएका छन्। यसैबीच अमेरिकी तल्लो सदनका १८ जना रिपब्लिकन सांसदले हस्ताक्षर गरी ट्रम्पको नाम नोबेल शान्ति पुुरस्कार मनोनयनका लागि नर्वेको नोबेल कमिटीलाई पठाएका छन्। कोरियन प्रायद्वीपमा दिगो शान्ति कायम रहेमा निःसन्देह ट्रम्प यसको हकदार हुुनेछन्।

उत्तरी कोरियाली मामला ट्रम्पको चुुनावी नारामध्ये एक थियो र उनले आफू राष्ट्रपति भएमा किमसँग सिधै कुुरा गर्न आफूलाई कुुनै आपत्ति नहुुने बताएका थिए। राष्ट्रपतिमा निर्वाचित भएपश्चात ह्वाइट हाउस प्रवेशका क्रममा निवर्तमान राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाली परमाणुु कार्यक्रम अमेरिकाको लागि खतरा भएको भन्दै त्यसप्रति गम्भीर हुुन सुुझाएका थिए। ट्रम्पले ओबामाको सल्लाह लिए तर उनले अख्तियार गरेको स्ट्राटेजी अफ पेसन्स अर्थात ‘धैर्यताको रणनीति’ लाई खारेज गर्दै पिस थ्रुु स्ट्रेन्थ अर्थात शक्तिमार्फत शान्तिको रणनीति अख्तियार गरे। उत्तर कोरियालाई चरम दबाबमा राख्न ट्रम्प प्रशासनले तीन नीति अख्तियार गर्‍यो।

पहिलो कोरियन प्रायद्वीपमा आफ्नो शक्तिशाली युुद्धपोत तैनाथ गरी कोरियाली आकाशमा आफ्ना अत्याधुुनिक बमवर्षक विमान उडायो र दक्षिण कोरियाली सेनासँग संयुुक्त सैन्यअभ्यास जारी राख्यो। दोस्रो चीन र रुसलाई समेत विश्वासमा लिएर संयुुक्त राष्ट्रसंघमा उत्तर कोरियामाथि एकमाथि अर्को गर्दै कडा प्रतिबन्ध लगायो र तेस्रो गोप्य सूत्रमार्फत अनौपचारिक कूटनीतिक सम्बन्ध पनि जारी राख्यो। उत्तर कोरियाली परमाणुु कार्यक्रमका विषयमा यो भन्दा पहिले सरोकारवाला राष्ट्र, चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकाबीच बहुुपक्षीय वार्ता हुुने गर्थे तर ट्रम्पले दुुईपक्षीय वार्तालाई महŒव दिए।

ट्रान्स प्यासिफिक पार्टनरसीपबाट पछि हटेर चीनलाई व्यापारिक मैदान खाली गरिदिएका ट्रम्पले अमेरिकी सेना कोरियन प्रायद्वीपबाट फिर्ता बोलाउने हठात निर्णय गरे भने चीनको अर्को जित हुुने र अमेरिकी गठबन्धन कमजोर हुुन्छ भन्ने विश्लेषक तथा विज्ञको ठम्याइ छ।

उत्तर कोरियाविरुद्ध संयुुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध कार्यान्वयन गर्छुु भन्ने तर व्यवहारमा नदेखाउने चीनको चरित्र यसपटक बदलियो। जसमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको व्यक्तिगत सम्बन्धले पनि फरक पार्‍यो। दुुई कोरियाली नेताबीच वार्ता भइरहँदा ट्रम्पले आफ्नो ट्विटमार्फत राष्ट्रपति सीको योगदानको सरहाना गर्दै भनेका छन्, ‘कृपया नभुुलौं कि मेरा असल मित्र चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई धेरै सहयोग गरेका छन्, विशेष गरी उत्तर कोरियाली सीमामा। उनको सहयोगबिना यो प्रक्रिया लामो र गाह्रो हुुने थियो।’

ट्रम्प र सीको असल सम्बन्धले मात्रै नभएर ट्रम्पले ट्विटमा व्यक्त गर्ने ‘फायर एन्ड फ्युरी’ ‘लक एन्ड लोड’ जस्ता अभिव्यक्तिले पनि चीनलाई दबाबमा पार्‍यो। किनकि कोरियन प्रायद्वीपमा हुुने सम्भावित युुद्धको परिणामबाट चीन अछुुतो रहन सक्थेन, त्यसैले चीनले संयुुक्त राष्ट्रसंघ सुुरक्षा परिषद्बाट पारित उत्तर कोरियाविरुद्धको प्रतिबन्ध कार्यान्वयनमा इमान्दारी देखायो र उत्तर कोरियालाई खेप्न नसक्ने दबाब पार्‍यो। व्यक्तिगत सम्बन्ध, अनैपचारिक कूटनीति र सैन्य दबाबमार्फत उत्तर कोरियाविरुद्ध चिनियाँ सहयोग पाउनुु ट्रम्पको सफलता हो जुुन सहयोग अन्य पूर्व राष्ट्रपतिहरूले पाउन सकेका थिएनन्।

औपचारिक कूटनीतिक पहलका लागि किम र ट्रम्पबीच जारी वाक युुद्धले वि श्राम लिन जरुरी थियो। फेबु्रअरी महिनामा दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिक कूटनीतिक सम्बन्धका लागि राम्रो अवसर बन्यो। उत्तर कोरियाले आफ्नो परमाणुु परीक्षण कार्यक्रमलाई स्थगित गर्दै ओलम्पिकमा सहभागिता जनायो भने अमेरिका र दक्षिण कोरियाले पनि संयुुक्त सैन्यअभ्यास स्थगित गरे। त्यस अवसरमा सुुन्दरी कूटनीतिले पनि खुुबै चर्चा पायो। उद्घाटन समारोहमा किमकि बहिनी किम यो जोङ आर्कषणको केन्द्र बनिन् भने समापन कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प।

ओलम्पिक खेल समापन हुुनेबित्तिकै दक्षिण कोरियाली राष्ट्रिय सुुरक्षा कार्यालयका निर्देशक चुुङ इवी योङको नेतृत्वमा गएको उच्चस्तरीय कूटनीतिक मण्डलले उत्तर कोरियाली शासक किम जोङ उनसँग मार्च ५ मा प्रत्यक्ष वार्ता गर्‍यो। उक्त वार्तामा किम जोङ उनले आफ्ना परमाणुु कार्यक्रम अन्त गर्ने प्रतिवद्धता जनाए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वार्ताका निम्तो पठाए। दक्षिणी कोरियाली राष्ट्रिय सुुरक्षा कार्यालय निर्देशक चुुङ इवी योङले किमको सन्देश लिएर मार्च ८ मा ट्रम्पलाई भेट गरे। किमको निमन्त्रणा अविलम्ब स्वीकार गरेर ट्रम्पले सबैलाई चकित पारिदिए।

विश्वको ध्यान अब हुुने ट्रम्प र किमबीच हुुने शिखर वार्तामा केन्द्रित छ। अमेरिकाले पूर्ण, प्रमाणित र अपरिवर्तनीय निशस्त्रीकरणको एजेन्डालाई वार्ताको टेबलमा ल्याउने छ। अमेरिका उत्तर कोरियासँग मौजुुदा रहेको परमाणुु हतियार पूर्णरूपले नष्ट गर्ने र उसका परमाणुु परीक्षण केन्द्र पुुनः परीक्षण गर्न नमिल्ने गरी स्थायीरूपले बन्द गर्ने पक्षमा छ। उत्तर कोरियाले आफ्ना एजेन्डा हालसम्म प्रष्ट नपारे पनि सुुरक्षाको ग्यारेन्टी र दुुई कोरियाबीच जारी युुद्धविरामलाई विधिवत् अन्त्य गरी शान्ति सन्धि गर्नेतर्फ उसले जोड दिनेछ। उत्तर कोरियाको आर्थिक विकासमा अमेरिकी सहयोगको प्रतिवद्धता र अमेरिकाले उविरुद्ध अंगीकार गर्दै आएको वैरभावपूर्ण नीतिमा परिवर्तन ल्याउने सम्बन्धमा पनि उसले कुुरा उठाउने अनुुमान गरिएको छ।

ट्रम्प र किमको वार्ताप्रति सन्देह पनि त्यत्तिकै छ। विगत हेर्ने हो भने उत्तर कोरियाले आफैंले गरेको सहमति पटकपटक तोडेको छ। परमाणुु अस्त्रमुुक्त कोरियन प्रायद्वीपका लागि जारी गरिएको सन् १९९२ को संयुुक्त घोषणा, सन् २००५ मा अमेरिका, रसिया, चीन, जापान, उत्तरकोरिया, दक्षिण कोरिया सम्मिलित ६ पक्षीय वार्तामा आफ्ना आणविक कार्यक्रम परित्याग गर्ने घोषणा र २००७ मा आफ्नो परमाणुु प्रशोधन केन्द्र बन्द गर्नका साथै परमाणुु हतियार नष्ट गर्न अविलम्ब कदम चाल्ने सहमति तोडेर आफ्ना परमाणुु कार्यक्रमलाई यथावत राखेको इतिहास छ।

यसैबीच राष्ट्रपति ट्रम्पका नवनियुुक्त सुुरक्षा सल्लाहकार जोन वोल्टनले एक अन्तर्वार्तामा लिविया मोडेलको परमाणुु निशस्त्रीकरणको कुुरा गरेका छन्। सन् २००३ मा लिविया निशस्त्रीकरण भएलगतै तत्कालीन तानाशाह मोहम्मद गद्दाफीको विरुद्धमा आन्दोलन चले र २०११ मा अमेरिकी समर्थन प्राप्त विद्रोही समूहद्वारा गद्दाफी मारिए। किम परिवारले पनि आफ्ना परमाणुु कार्यक्रम आफ्नो सुुरक्षा, सत्ता टिकाउ र अन्तर्राष्ट्रिय समुुदायसँग वार्गेनिङको माध्यम बनाउँदै आएको छ। किम जोङ उनले निशस्त्रीकरणको बाटो अपनाउनुु आफैंमा साहसिक कदम हुुनेछ।

कोरियन प्रायद्वीपको समस्या दुुई कोरियाबीच मात्र नभएर अमेरिका र चीनको दीर्घकालीन भूराजनीतिसँग पनि जोडिएको छ। किम र मुुनको सफल वार्तापछि किम र ट्रम्पको वार्ताको तयारी भइरहँदा चीनलाई किनारा लगाइएको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहँदा चिनियाँ विदेशमन्त्री याङ यीले २ मेमा उत्तर कोरियाको भ्रमण गरेका छन्। सरकारी स्वामित्वको ग्लोबल टाइम्स पत्रिकाले ‘कोरियन प्रायद्वीपको परमाणुु निशस्त्रीकरणमा चीनको अपरिहार्यता’ शीर्षकको सम्पादकीयमा अमेरिका र उत्तर कोरियाबीचको वार्ताको बटमलाइन चीन र उत्तर कोरियाबीचको सम्बन्ध हुुनुपर्ने र चीनको सहयोगबिना कोरियन प्रायद्वीपको निशस्त्रीकरण र शान्ति स्थापना महसुुस हर्न नसकिने उल्लेख गरेको छ। सोही पत्रिकाले अर्को सम्पादकीयमा चीन परालको थुुप्रो नभएर कोरियन प्रायद्वीपनजिकैको पहाड भएको चेतावनी पनि दिएको छ।

कोरियन प्रायद्वीपमा अमेरिकी सेनाको उपस्थितिले नै उत्तर कोरियाले परमाणुु कार्यक्रमलाई आक्रामक ढंगले अघि बढाएको हो भनेर चीनले भन्दै आएको छ। उसले डुुयल ट्र्याक एन्ड डुुयल सस्पेन्सन अर्थात दोहोरो निगरानी र दोहोरो निलम्बनको विकल्प प्रस्ताव गरेको छ। उत्तर कोरियाले परमाणुु कार्यक्रम त्याग्ने र अमेरिकी सेना कोरियन प्रायद्वीपबाट हट्ने चीनको चासो हो। चीन एकीकृत कोरियन प्रायद्वीपको पक्षमा छैन। उ उत्तर कोरियालाई सधैं उसको वफरजोनका रूपमा राख्न चाहन्छ ताकि अमेरिकी सेना उसको ढोकासम्म नआओस्। कोरियन प्रायद्वीपबाट अमेरिकी सेना हट्नुु चीनको लागि ठूलो जित हुुनेछ।

कोरियाली प्रायद्वीपमा भएका आफ्ना २८ हजार सेना फिर्ता बोलाउने पक्षमा ट्रम्प आफैं पनि भएको र शान्ति सन्धि भएपश्चात अमेरिकी सेना रहनुुको औचित्य नभएको ह्वाइट हाउस सूत्रले जनाएको छ। ट्रान्स प्यासिफिक पार्टनरसीपबाट पछि हटेर चीनलाई व्यापारिक मैदान खाली गरिदिएका ट्रम्पले अमेरिकी सेना कोरियन प्रायद्वीपबाट फिर्ता बोलाउने हठात निर्णय गरे भने चीनको अर्को जित हुुने र अमेरिकी गठबन्धन कमजोर हुुन्छ भन्ने विश्लेषक तथा विज्ञको ठम्याइ छ। यसैबीच तत्कालका लागि सेनाको संख्या घटाउने विकल्प ह्वाइट हाउसले अघि सारेको छ।

दोस्रो विश्व युुद्धपछि जापानी उपनिवेशवाट मुुक्त भएका दुुई कोरियामध्ये उत्तर सोभियत संघ र दक्षिण कोरिया अमेरिकी अधिनमा केही वर्ष रहे। १९५० देखि १९५३ सम्म एक आपासमा युुद्ध गरे। आपसी शत्रुुताले उत्तर कोरियाले समृद्धिको बाटो लिन सकेको छैन युुद्धको भयले दक्षिण कोरियाले शान्तिसँग समृद्धिको उपभोग गर्न पाएको छैन। साढे छ दसकसम्म फुुकाउन नसकिएको कोरियन प्रायद्वीपको शान्तिको गाँठो यदि ट्रम्पले फुकाउन सके भने डिल मेकर भनी चिनिएका उनी पिस मेकर पनि हुुनेछन्। कोरियन प्रायद्वीपको भविष्य कता मोडिन्छ केही हप्तामा हुुने ट्रम्प र किमबीचको शिखर वार्ताले बताउने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.