श्रीनिवास गोली काण्ड : अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुखलाई अभिनन्दन

श्रीनिवास गोली काण्ड : अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुखलाई अभिनन्दन

विराटनगर : श्रीनिवास आचार्यमाथिको गोली प्रहार प्रकरणमा सफल अनुसन्धान गरेका मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार बिसीलाई बुधबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ। 

आफैमाथि गोली प्रहार गर्न लगाएर धार्मिक दंगा भड्काउन खोज्ने श्रीनिवासको योजनालाई असफल बनाउन प्रहरीले ठूलो भूमिका निर्वाह गरेको भन्दै उनलाई सर्वसाधारण र नागरिक अगुवाले अभिनन्दन गरेका हुन्। एसपी बिसी मंगलबार मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिसमा परेका छन्। 

एसपी बिसीलाई विराटनगर महानगरपालिका-१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर संरक्षण समितिले अभिनन्दन गरेको हो। 

जुन ठाउँमा गत चैत २५ गते विहान पौने २ बजे श्रीनिवासमाथि उनकै योजनामा गोली प्रहार भएको थियो। स्थानीय नौ जना महिला मिलेर चैत २६ गतेदेखि सोही मन्दिरमै आयोजना गर्न लागेको श्रीमद् भागवतको प्रमुख वाचकका रुपमा निम्ता गरिएका उनीमाथि गोली प्रहार गरिएपछि घटना धर्मसंग जोडिएको भन्दै प्रहरीले गम्भीर रुपमा अनुसन्धान अघि बढाएको थियो। घटना भएपछि पुुराण भने स्थगित भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश सांसद जयराम यादव लगायतले बिसीलाई दोसल्ला र सम्मानपत्र दिएर अभिनन्दन गरेका हुन्। यादवले घटना सिंगो धार्मिक आस्था र मुलुकमाथिकै प्रहार भएको बताए। ‘श्रीनिवासमाथि गोली प्रहार हुँदा हामी त्यतिबेला निक्कै दुःखी र मर्माहत भएका थियौं,’ उनले भने, ‘तर, पछि प्रहरी अनुसन्धानले घटना गराउने व्यक्ति उनी आफै भएको पत्ता लगाउन सक्नु धेरै ठूलो उपलब्धि हो।’ यादवले उनलाई कानुनी कारवाहीको दायरामा ल्याउन आग्रह पनि गरे। भने, ‘उनी आफैले गोली प्रहार गर्न लगाएको प्रमाण प्रहरीले फेला पारिसकेको छ।’ 

मन्दिर संरक्षण समितिका सचिव चन्द्रानन्द यादवले घटनालाई लिएर प्रहरीले हिंसा भड्कन नदिन ठूलो भूमिका निर्वाह गरेको बताए। ‘प्रहरीले हिंसा भड्किन नदिइकन समाज कलंकित हुनबाट जोगिएको छ,’ उनले भने, ‘त्यही भएर बिसीलाई अभिनन्दन गरिएको हो।’ 

एसपी बिसीले श्रीनिवासविरुद्ध हातहतियार खरखजनामा मुद्दा चलाउन मंगलबार १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले भने, ‘श्रीनिवाससँग बयान लिने र थप अनुसन्धान गर्ने काम भइरहेको छ।’ घटनामा प्रयोग गरेको पेस्तोल भने प्रहरीले फेला पार्न सकेको छैन। बिसीले पेस्तोल र घटनासँग जोडिएका केही व्यक्तिहरुको खोजीमा प्रहरी सक्रिय रहेकोे जानकारी दिए।

नवलपरासी गैंडाकोट नगरपालिका ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीले गोलीसहितको पेस्तोल उपलब्ध गराएपछि चितवनको महानगरपालिका ४ का २९ वर्षीय माधव चौधरीले गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। दुबै जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। दुबै जनाले घटनामा संलग्नता स्वीकार गरेका छन्। 

श्री निवासाचार्यलाई हातहतियार खरखजना मुद्दा

धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.