हावाहुरीले प्रदेश  २ मा तीनको मृत्यु : कराडौंको क्षति

हावाहुरीले प्रदेश  २ मा तीनको मृत्यु : कराडौंको क्षति

जनकपुरधाम :  बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषा गरी तीन जनाको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा, विजुली पोल ढाल्दा, आँपको चिचिला झर्दा प्रदेश २ मा  करोडौं क्षति  भएको छ । हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको हो ।

बिहान करिब साढे ३ बजे आएको तीब्र गतिको हावाहुरीले घर भत्काउँदा सुतिरहेकी सगुनीको मृत्यु भएको सिरहा प्रहरीले जनाए । हावाहुरीले पिलर भाँचिएर सुखीपुर नपा ९ का अशोक गुप्ताको घर बनाउन लागेका मिस्त्री सप्तरी रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार गम्भिर घाइते भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दाउराका लागि जंगल जाने क्रममा हावाहुरीले ढालेको रुखको हाँगाले गम्भिर चोट लाग्दा गौशाला नपा १२ की ३५ वर्षीया फूलवदन देवी महराको मृत्यु भएको छ । त्यस्तै धनुषा क्षिरेश्वरनाथ नपा ५ का करिब ५५  वर्षीया दुःखी दासको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । दास घरमा सुतिरहेकै बेला हावाहुरीले घर भत्काएको प्रहरीले जनाएको छ ।

हावाहुरीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत प्रदेश २ का सबै जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । हावाहुरीले ठाउँ ठाउँमा विजुलीको पोल ढालेको छ । पोल ढाल्दा विजुली बिहानैबाट प्रदेश २ का अधिकांश जिल्लामा अवरुद्ध छ । जनकपुरधाममा पनि बुधबार बिहान ३ बजेदेखि करिब १५ घण्टा अवरुद्ध भयो ।

विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले ठाउँ ठाउँमा हावाहुरीले पोल ढाल्दा विजुली अवरुद्ध बनेको बताए । ढल्केबर प्रशारण केन्द्रबाट मजुलेयासम्ममै खराबी देखिएकोले जनकपुरमा धेरैबेरसम्म विद्युत अवरुद्ध भएको उनले सुनाए । भने, ‘जनकपुरमा विजुली आयो । तर गाउँघरमा अझै विजुली सुचारु हुन सकेका छैन् ।’ उनले हावाहुरीले ढालेको पोल मर्मत गर्न प्राविधिकहरु खटिसकेको बताए  ।

हावाहुरीले प्रदेश २ मा हजारौं घरको छाना उडाएर करोडकौंको क्षति पुर्‍याएको छ । सिरहा सुखिपुर ६ का रामचन्द्र यादबले यहाँका करिब १५ जनाको फुसको घर हावाहुरीले भत्काएपछि करिब करोडौंको क्षति भएको बताए । उनले भने, ‘घर भत्काएपछि बस्न र खान पनि समस्या भएको छ । तर कसैले अहिलेसम्म सहयोग गर्न आएका छैन् ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.