जानकी मन्दिर र रंगभूमि मैदानमा अढार्इ सय भारतीय फौज

जानकी मन्दिर र रंगभूमि मैदानमा अढार्इ सय भारतीय फौज

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको दिन नजिकिँदै गर्दा जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । 

बुधबार साँझदेखि जनकपुर नगर क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । यहाँको प्रसिद्ध जानकी मन्दिर र मोदीको स्वागतका लागि तयार पारिएको रंगभूमि मैदानमा करिब अढाई सय भारतीय फौज तैनाथ भएका छन् । 

जानकी मन्दिर र रंगभूमि बाह्र बिघा मैदानलाई भारतीय फौजले नियन्त्रणमा लिएसँगै सर्वसाधरणलाई प्रवेशमा निषेध गरिएको छ । मोदी आउने भएपछि २५ जना कमाण्डोको टोलीले भारतीय सेनाको जहाजबाट दुई दिन अघि जनकपुर उत्रिसकेको छ । 

त्यसअघि नै २ सय भन्दा धेरै भारतीय प्रहरीको टोली सादा पोसाकमा जनकपुर आइसकेको छ । मोदी जाने दुई स्थानमा भारतीय सुरक्षाकर्मीले सुरक्षा अत्यन्त कडा बनाएका छन् । यता जनकपुर नगरका चोक चोक र गल्ली गल्लमा तैनाथ नेपाली सुरक्षाकर्मीले सर्वसाधरणमाथिको चेकजाँच कडा बनाउँदै लगेका छन् । 

जनकपुरको भानु चौकसहितका स्थानमा बुधबार साँझ सर्वसधारणलाई चेकजाँच कार्य सुरक्षाकर्मीले कडा बनाएका छन् । मोदी यही शुक्रबार जनकपुर आइपुग्दैछन् । 

मोदी आउने मिति नजिकिएसँगै उनले पूजा गर्ने जानकी मन्दिर र अभिनन्दनस्थल रंगभूमि बाह्र विघा मैदानलार्इ भारतीय उच्च सुरक्षा अधिकारीले बुधबारबाट आफ्नो सुरक्षा कब्जामा लिएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.