लालपुर्जा पाउने सपना अधुरै

लालपुर्जा पाउने सपना अधुरै

बझाङ ः जयपृथ्वी नगरपालिका जोशी गाउँमा पुस्तौंदेखि हलिया भएर काम गर्दै आएका सोही गाउँका दलित परिवारले हालसम्म आफू बस्दै आएको घर, जमिनको लालपुर्जा पाएका छैनन् ।

जोशी जातिको हलिया–खलिया काम गरेर जीवन गुजारा गर्दै आएका दलित बस्ने घरको ०४९ सालमा जिल्लाबाट गएको नापी टोलीले दलितको नाममा कित्ता टिपेको भए पनि अहिलेसम्म उनीहरूको नाममा धनीपुर्जा बनेको छैन ।

२६ वर्षअघि जिल्लाबाट आएको नापी टोलीले आफूहरू बसेको घरको जमिनको कित्ता टिपे पनि बाहुनहरूले आफ्नो भनेर दाबी गरेपछि जमिनको पुर्जा नपाएको रंगलाल विकले दुखेसो पोखे । उनीजस्तै प्यारु कामी, कलक, बने, धन, डबल, कालु, प्रदेशी, मोती, धन, गिरी र पदम विकको नाममा पनि टोलीले घर बनाएको जमिनको कित्ता दर्ता देखिन्छ । जोशीहरूले आफ्नो उजुरी फिर्ता गरे जुन कित्ता जमिन जसको नाममा छ उसैलाई पुर्जा दिन सकिने कार्यालय प्रमुख कृष्ण बोहराले बताए । भूमिहीन भएपछि दलितलाई आफ्नो कब्जामा राख्न सकिन्छ भन्ने मनसायले जोशीहरूले जग्गा नदिएको उनीहरूको आरोप छ ।

जोशी गाउँका दलितजस्तै अन्य गाउँबस्तीमा पनि दलितका यस्तै समस्या धेरै ठाउँमा छन् । गैरदलितको जमिनमा पुस्तौंदेखि बस्दै आएका तर उनीहरू बसेको घर–जमिनको लालपुर्जा दलितलाई नदिएका कारण ८ हजार दलित घरधुरीमध्ये ४ हजार परिवार भूमिहीन भएका हुन् ।

हलियाकै लागि भनेर हलिया पुनःस्थापना कार्यक्रम जिल्लामा लागू भए पनि कतिपय हलियाको घर बनाउने जमिन नहँुदा यसको सेवा–सुविधाबाट उनीहरू वञ्चित भएका हुन् । ०७१ सालदेखि लागू भएको मुक्त हलिया कार्यक्रमअन्तर्गत पहिलो वर्ष ३ परिवारको घर निर्माण १५ परिवारको जग्गा खरिद र १५ परिवारले घर निर्माणको रकम पाएका थिए । दोसा्रे वर्ष २० जनाको घर निर्माण ४५ जनालाई जग्गा खरिद र ३५ जनालाई घर मर्मतको रकम दिएको मालपोत कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.