फेरि १४ सह-सचिवको सरुवा

फेरि १४ सह-सचिवको सरुवा

काठमाडौं : सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ जना सहसचिवको सरुवा गरेको छ। सरकारले  नीतिनिर्माण तहमा महत्वपूर्ण भुमिका खेल्ने सहसचिवको शृङखलाबद्ध सरुवा निरन्तर गरेको हो। यस अघि दर्जनौ सहसचिवको सरुवा भइसकेको छ। 

 
सरुवा भएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता दीर्घराज मैनालीलाई अख्तियारबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका यमलाल भूसाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा , उद्योग मन्त्रालयका मुकुन्दप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा , प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका डा नारायणप्रसाद रेग्मीलाई अर्थ मन्त्रालयमा, निजामती किताव खानाकी महानिर्देशक मनमाया भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

यसैगरी अर्थ मन्त्रालयका शंकर प्रसाद खरेललाई निर्वाचन आयोग, अर्थ मन्त्रालयका गणेशप्रसाद पाण्डेलाई युवा तथा खेलकुद मन्त्रालयमा, निर्वाचन आयोगका वीरेन्द्रकुमार मिश्रलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रलायमा, अर्थ मन्त्रालयका केवलप्रसाद भण्डारीलाई निजामती किताब खानाको महानिर्देशकमा, अर्थ मन्त्रालयका भूपाल बराललाई सामान्य प्रशासनमन्त्रालयको अतिरिक्त समूहमा, संघीय मामिला मन्त्रालयका डा हरि पौडेललाई प्रधानमन्त्री कार्यालयमा, पोखरा महानगरपालिकाका दीर्घ नारायण पौडेललाई प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमा, र शान्तिमन्त्रालयका ईश्वरचन्द्र महरहठ्ठालाई काठमाडौ महानगरपालिकामा सरुवा गरिएको जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.