आज तीनवटा संसदीय समितिका बैठक बस्दै, केके छन् एजेण्डा ?

काठमाडौं : संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समिति (संयुक्त) समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।
राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समिति (संयुक्त) समितिको बैठक अहिले केहीबेरमा सिंहदरबारमा बस्दैछ।
सो बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९/०८०) का सम्बन्धमा छलफल हुने कार्यसूची छ।
यसैगरी बिहान ११ : ३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्याोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ।
दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। सो बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !
