सुरक्षा व्यवस्था कडा, सेनाले पेट्रोलिङ बढायो

सुरक्षा व्यवस्था कडा, सेनाले पेट्रोलिङ बढायो

काठमाडौं :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्ने जनकपुर, काठमाडांै र मुक्तिनाथ क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ती स्थानमा नेपाली सुरक्षाकर्मीसहित भारतीय सुरक्षाकर्मी खटिएका छन्।

गृह मन्त्रालयको संयोजकत्वमा बनेको एकीकृत सुरक्षा योजनाअन्र्तगत नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकमी ती स्थानमा खटिएका छन्। एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले जनकपुर, मुक्तिनाथ र काठमाडौंमा पेट्रोलिङ बढाएको छ। मोदीको सुरक्षाका लागि हतियारसहितको भारतीय सुरक्षा टोलीसमेत जनकपुर, काठमाडौं र मुक्तिनाथमा तैनाथ छन्। नेपाली सेनासँगको समन्वयमा भारतीय सुरक्षाकर्मी प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका छन्।

नाकाबन्दीमा मोदीलाई जोडर सर्वसाधारणबाट आउन सक्ने सम्भावित असन्तुष्टिमाथि प्रहरीले सूक्ष्म निगरानी गर्ने भएको छ। सामाजिक सञ्जालमा मोदी भ्रमणको विषयमा व्यक्त भएका नकारात्मक टीकाटिप्पणीलाई दृष्टिगत गरी सुरक्षा निकायले सवारीका बेला सडकमा हिँड्ने मानिसहरूको गतिविधि निगरानी गरिने भएको छ। गृह मन्त्रालयलले विरोधमा उत्रनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ।

भारतीय लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजनामा नेत्रविक्रम चन्द ‘विप्लव समूहले बम विष्फोट गराएपछि यो समूह प्रहरीको निगरानीमा छ।

विप्लव’ समूहले मोदीविरुद्ध गतिविधि गर्न सक्ने अनुमानमा प्रहरीले नागरिक अभिनन्दन हुनेसहितका स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

गृह मन्त्रालयले भारतीय आतंकवादी संगठनमा आबद्ध व्यक्तिले खुला सीमाको फाइदा उठाउँदै मोदीविरुद्ध गतिविधि गर्न सक्ने भन्दै चनाखो बन्न सुरक्षा निकायलाई प्रहरीलाई निर्देशन दिएको छ।

नेपाली सेनाले मोदीको नागरिक अभिनन्दन हुने स्थान जनकपुरको बाह्रबिघा, काठमाडांैको राष्ट्रियसभा गृह र आसपासको क्षेत्रमा गस्ती बढाएको छ। पहिलो घेरामा नेपाली सेनाले मोदीलाई सुरक्षा दिनेछ। भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी नेपाली सेनाले पेट्रोलिङ बढाएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए।

‘गृह मन्त्रालयको समन्यमा रहेर सुरक्षा अवस्था निगरानी गरिएको छ’, उनले भने। भारतबाट आएका सुरक्षा फौजले बुधबार जनकपुर र काठमाडांै विमानस्थलको सुरक्षा अवस्थाको जानकारी लिएका थिए। जनकपुर, काठमाडांै र मुक्तिनाथमा भारतीय सुरक्षाकर्मीसमेत पुगिसकेका छन्।

भारतीय पक्षले सुरक्षालाई दृष्टिगत गर्दै प्रधानमन्त्री मोदी सवार हुने कार, हेलिकोप्टर, सुरक्षा फौजदेखि लिएर हेलिप्याड व्यवस्थापन गर्ने व्यक्तिसमेत उतैबाट ल्याएका छन्।

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने नागरिक उड्डयन प्राधिकरण, अध्यागमनलगायतमा कार्यरत कर्मचारीलाई सुरक्षाको कारण देखााउँदै ड्युटीभन्दा एक घण्टाअघि नै कार्यालय प्रवेश गरिसक्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.