प्रदेश सरकार अभिनन्दनमा केन्द्रित

प्रदेश सरकार अभिनन्दनमा केन्द्रित

 जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजदेखि नेपाल भ्रमण गर्दै छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट मोदीको नेपाल भ्रमण सुरु हुँदै छ।

प्रदेश सरकारले आफ्ना हरेक कार्यक्रम मोदीको भ्रमणमा केन्द्रित गरेको छ। जनसहभागिता जुटाएर मोदीलाई अभिनन्दन गर्न सरकार लागिपरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबारसम्म मोदीको स्वागतका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ। मोदीको अभिनन्दनलाई पर्वका रूपमा मनाउने तयारी रहेको जनाइएको छ।

जसरी भए पनि अभिनन्दन कार्यक्रमलाई प्रदेशकै उत्कृष्ट कार्यक्रम बनाएर सफल पार्ने योजनामा सरकार रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव लालबाबु यादवले बताए। ‘त्यसका लागि सरकारले प्रदेशका आठवटै जिल्लामा सवारी साधन उपलब्ध गराउने व्यवस्था मिलाएको छ’, उनले भने, ‘जसबाट बाक्लो जनसहभागिता हुने आशा छ। त्यसको संयोजनको जिम्मा प्रदेशसभा सदस्यहरूलाई दिइएको छ।’

प्रदेशसभा सदस्यमार्फत अभिनन्दन कार्यक्रममा जनसहभागिता जुटाउने योजना रहेको प्रदेश सरकारका प्रवक्ता विजय यादवले बताए। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, सप्तरी र धनुुषाबाट मोदीको अभिनन्दन कार्यक्रममा १ लाखभन्दा बढीको जनसहभागिता गराउने तयारी रहेको प्रवक्ता यादवको भनाइ छ।

प्रदेशका आठ जिल्लामा २ सय ९५ वटा बसको व्यवस्था गरिएको कृषिमन्त्री शैलेन्द्र साहले सुनाए। उनका अनुसार अभिनन्दन कार्यक्रममा स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, नागरिक अगुवासहित सर्वसाधारणको सहभागिता रहनेछ।

अभिनन्दनकै लागि टेन्ट र गेटमा मात्र डेढ करोड खर्च भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव यादवले सुनाए। ‘जनकपुरमा पहिलो पटक मोदीको भ्रमण हुँदै छ’, उनले भने, ‘त्यसैले यसलाई ऐतिहासिक बनाउन सरकार लागिपरेको छ।’

मोदी जनकपुरमा दुुई घण्टा मात्र बस्ने कार्यक्रम रहेको भारतीय महावाणिज्य दूतावास कार्यालय वीरगन्जले जनाएको छ। प्रदेश सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै बाह्रबिघामा हुने मोदीको अभिनन्दन कार्यक्रममा को कहाँबाट प्रवेश गर्ने भन्ने तय गरेको छ।

मोदीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे परेको छ। खुला मैदानमा कार्यक्रम हुने भएकाले सुरक्षा व्यवस्थापनमा चुनौती रहेको धनुुषा प्रहरीले जनाएको छ। त्यसमा पनि जिल्ला–जिल्लाबाट दर्शक आउने भएकाले चुनौती थपिएको धनुुषा प्रहरी प्रमुख गोविन्द थपलियाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.