मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले यसो भने

मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले यसो भने

जनकपुर : दुई दिने नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर र भारतको सम्बन्ध पौराणिक कालदेखिकै भएको बताएका छन् ।  

जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले जानकीको जन्मभूमि पवित्र जनकपुरमा भारतका प्रधानमन्त्रीको आगमनले आफू खुसी भएको धारणा व्यक्त गरे ।  

प्रधानमन्त्री ओलीले भने 'मोदीको भ्रमणबाट जनकपुर धेरै खुसी भन्दै राम र सीताको विवाह भएको सम्झना  स्वरुप अयोध्याबाट रामको बरियात ल्याउने र जनपुरबाट सीता अन्माएर पठाउने प्रचलन अहिले पनि जारी रहेको कुरा ओलीले स्मरण गरे । 

नेपाल र भारत बीच साँस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध युगौं पहिलादेखि नै रहेको उनले बताए ।  जनकपुर भन्ने वित्तिकै शिवको धनुष र रामको विवाह सम्झना हुने, भन्दै उनले ज्ञानको कमी रहेको बेलामा पनि परशुराम, यज्ञवल्क्य जस्ता विद्वाहरुको रहेको र ज्ञानका बारेमा बहस हुने गरेको पौराणिक प्रसंग जोड्दै जनकपुर ज्ञानभूमि भएको स्पष्ट पारे । 

धनुषाधाम, जनकपुर जानकी मन्दिर र बाल्मिकी आश्रम मिलाएर रामायण सर्किटको निर्माण गर्ने भन्दै ओलीले दुई देशबीच यसअघि भएका सम्झौतामा  विलम्ब भएको र अबको युग २१ औं शताब्दी भएकाले अब त्यसो नहुने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.