भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान १० बजे जनकपुर आइपुगेका मोदी दिउँसो साढे तीन बजे काठमाडौं आइपुगेका हुन् । मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै बौद्धस्थित ह्यात होटलमा जाँदै छन् । मोदीको सवारी हुने एयरपोर्ट, गौशला, चाबहिल र बौद्ध क्षेत्रको सडक खाली गरिएको छ । 

ह्यात होटलमा केहीबरे आराम गरेर मोदी दिउँसो ४ बजे सैनिक मञ्च टुँडिखेल जाने छन् । टुँडिखेलमा उनलाई सेनाले ‘गार्ड अफ अनर’ दिनेछ।

त्यसपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बहादुर भवनमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै दुई प्रधानमन्त्रीबीच साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुनेछ भने त्यसलगत्तै द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता हुनेछ। उक्त वार्ता पनि होटेल द्वारिकाजमै हुने भएको छ।

द्विपक्षीय वार्तापछि मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने र त्यहीँ अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले साँझ उनको सम्मानमा होटल द्वारिकाजमै रात्रीभोज आयोजना गरेका छन्।

नागरिक अभिनन्दनपछि जनकपुरमा मोदीले के-के भने ?​


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.