प्यूठानमा बस दुर्घटना : पाँचको मृत्यु, २० भन्दा बढी घाइते

प्यूठानमा बस दुर्घटना : पाँचको मृत्यु, २० भन्दा बढी  घाइते

प्यूठान :  महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा २०भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ । 

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारुलगायत रहेका छन् ।  अन्य मृतकको सनाखन हुन सकेको छैन् । उनीहरूकाे जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.