प्यूठान बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, २५ घाइते (विवरणसिहत)

प्यूठान बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, २५ घाइते (विवरणसिहत)

प्यूठान : महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।  ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ । 

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारुलगायत रहेका छन् । अन्य मृतकको सनाखन हुन सकेको छैन् । उनीहरूको जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । सरुमारानी गाउँपालिका–४ स्थित बडडाँडा बजार नजिक ओरालो बाटोमा बस दुर्घटनामा परेको थियो ।

पाँच जनाको शव बिजुवार प्यूठानको शवगृहमा रहेको र १ जना महिलाको शव बसबाट निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते चारजनाको लुम्बिनी अस्पताल बुटवल र २१ जना जिल्ला अस्पताल बिजुवार प्यूठान पठाइएको प्रहरीले जानकारी दिएको छ  ।

प्रहरीले यात्रुहरुको सामान इलाका प्रहरी कार्यालय बिजुवार प्यूठानमा ल्याउने कार्य भइरहेको र सामानहरुको एकिन भए पश्चात ईलाका प्रहरी कार्यालय बिजुवार, प्यूठानबाटै भरपाई गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । 

जिल्ला अस्पताल बिजुवार, प्यूठानमा उपचारतको विवरण 

१. जिल्ला प्यूठान मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने वर्ष ३८ को तिर्थराज पोख्रेल

२. जिल्ला रुपन्देही कञ्चन गाउँपालिका-२ गजेडी बस्ने वर्ष ३५ को गोविन्द अर्याल (डिस्चार्ज)

३. जिल्ला गुल्मी अग्लेदह बस्ने वर्ष ४५ को तारा बिष्ट 

४. जिल्ला दैलेख दुल्लु नगरपालिका-११ कालभैरब बस्ने वर्ष २५ की हिमा बोहरा (डिस्चार्ज)

५. ऐ.ऐ. बस्ने वर्ष २५ को जगदिश खत्री

६. ऐ.ऐ.बस्ने वर्ष २ को रिगल खत्री (डिस्चार्ज)

७. जिल्ला रुपन्देही कञ्चन गाउँपालिका-२ बस्ने वर्ष २९ की हिमला अर्याल

८. ऐ.ऐ.बस्ने वर्ष ७ को सफल अर्याल (हाल बुटवल रिफर)

९. जिल्ला प्यूठान प्यूठान नगरपालिका-३ साडेखोला बस्ने वर्ष २६ को इश्वर खड्का (डिस्चार्ज)

१०. जिल्ला रोल्पा सुवर्णवती गाउँपालिका२ बस्ने वर्ष १६ सपना विक.

११. ऐ.ऐ.बस्ने वर्ष ४५ को शेर बहादुर विक

१२. जिल्ला बैतडी पुरचौरे नगरपालिका-६ बस्ने वर्ष २२ को प्रकाश सावद

१३. जिल्ला चितवन चितवन नपा-१७ बस्ने वर्ष ७३ को राजेन्द्र प्रसाद तिमिल्सिना

१४. जिल्ला प्यूठान मल्लरानी गाउँपालिका बस्ने वर्ष २० की सुष्मा चौधरी (डिस्चार्ज)

१५. जिल्ला कञ्चनपुर डेटकोट नपा-६ बस्ने वर्ष २३ को सुनिल रानामगर (डिस्चार्ज)

१६. जिल्ला प्यूठान झिमरुक गाउँपालिका ३ बस्ने वर्ष २१ को प्रेम के.सी. (डिस्चार्ज)

१७. जिल्ला रोल्पा सुवर्णावती गाउँपालिका ९ हरिगाउँ बस्ने वर्ष २१ को बिजय सुनार ( हाल कोहलपुर रिफर)

१८. जिल्ला प्यूठान गौमुखी गाउँपालिका-४ अर्खा बस्ने वर्ष १५ को थमजित विक

१९. जिल्ला कैलाली गौरीगंगा नगरपालिका- वडा नं ३ बस्ने वर्ष २२ को राजेश चौधरी

२०. जिल्ला प्यूठान झिमरुक गाउँपालिकावडा नं ६ दहखोला बस्ने वर्ष ४९ की गोमा गिरी (हाल बुटवल रिफर)

२१. जिल्ला प्यूठान माण्डवी गाउँपालिकावडा नं १ कुमालटार बस्ने वर्ष ३८ को बसन्त शर्मा (हाल कोहलपुर रिफर) 
 

स्रोत: जिप्रका प्युठान


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.