रोकिराखेको बसमा आगजनी

रोकिराखेको बसमा आगजनी

वीरगन्ज : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आह्वान गरेको बन्दको दिन वीरगन्जमा एउटा बसमा आगजनी भएको छ।वीरगन्जको नयाँ बस पार्क चोकको उत्तर पट्टीस्थित सडक छेउमा रोकिराखेको बसमा आइतबार बिहान आगजनी भएको हो। 

वीरगन्ज ठोरी सडक खण्डमा चल्ने ग १ ख ३१४७ नम्बरको बसमा आगजनी भएको पर्साका प्रहरी नायव उपरिक्षक राजन लिम्बूले बताए।

आगजनीबाट बस जलेर पूर्णरुपमा ध्वस्त भएको छ।करिब १५ दिनदेखि सडक छेउमा रोकेर राखिएको बसमा आगजनी भएको हो, प्रहरी नायव उपरीक्षक लिम्बूले भने, 'बसधनीले गराएको बिमाको समय आगामी जुलाइसम्मको मात्र रहेछ, ब्याट्री पनि बस बाहिरै राखिएको अवस्थामा फेला परेको छ।' बसधनी धोविनी गाउँपालिकाको आसवारीका राजेन्द्र रामलाई प्रहरी कार्यालयमा बोलाएर घटनाका बारेमा अनुसन्धान भइरहेको लिम्बूले बताए। 

आइतबार विप्लवले आह्वान गरेको बन्दको दिन नै आगजनी हुनु शंकास्पद देखिएपनि आगजनी विप्लव समूहबाट नै भएको विषयमा यकिन भइनसकेको उनले बताए।बसमा आगजनी गर्नेको बारेमा प्रहरीले खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक लिम्बूले बताए। 

 


     


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.