थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टार सेमिफाइनलमा

गाईघाट : थ्रीस्टार क्लब उदयपुरमा जारी पाँचांै रमपम गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा मोरङ ११ लाई ४-१ गोलले पराजित गर्दै थ्रीस्टारले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो।

यो सिजन मोफसलमा खेलेकोमध्ये चार प्रतियोगिताको उपाधि जितिसकेको थ्रीस्टार उदयपुर गोल्ड कपमा पनि उपाधिबाट मात्र दुई जित टाढा पुगेको छ। थ्रीस्टारको जितमा अजय मार्टिनले दुई गोल गरे भने अनन्त तामाङ र रूपेश केसीले एक÷एक गोल गरे। मार्टिनले खेलको ३२औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अघि बढाएका थिए। खेलको ५८औं मिनेट पुनः गोल गर्दै मार्टिनले टोलीको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफमा २-० को अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफको सुरुवातमै गोल बेहोर्‍यो। अफ्रिकन खेलाडी यमवालाले मोरङ ११ का लागि पहिलो गोल गरेका थिए। तर त्यसपछिको खेलमा थप गोल गर्न नसक्दा मोरङ खेलमा पराजित हुन पुग्यो। मोरङ ११ ले त्यसपछि थप दुई गोल बेहोर्‍यो। थ्रीस्टारका लागि रूपेश केसीले ८५औं मिनटमा र अनन्त तामाङले ८७औं मिनेटमा लगातार गोल गरेका थिए।

सुरुवातबाटै सशक्त प्रदर्शन गरेको थ्रीस्टारले खेलमा बलियो पकड बनाएको थियो। त्यसको तुलनामा मोरङले भने प्राप्त सीमित अवसर पनि सदुपयोग गर्न सकेन। मोरङ दुई अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको थियो। थ्रीस्टार भने तीन अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको थियो। टोलीको जितमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका मार्टिन म्यान अफ दी म्याच घोषित भए। उनलाई नगद सात हजारसहित रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले सम्मान गरे। मंगलबारको खेल दमक गोल्डकप विजेता विभागीय टोली नेपाल पुलिस र सुनसरी-११ बीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.