बजार क्षेत्रमा मापदण्ड विपरितका घर टहरा निर्माण

बजार क्षेत्रमा मापदण्ड विपरितका घर टहरा निर्माण

ओखलढुंगाः सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रमा स्थानीय बासिन्दाले अतिक्रमण गरेर मापदण्ड विपरित घर टहरा निर्माण गरिरहेका छन्। सिद्धिचरण राजमार्गको आसपास र बजार क्षेत्रमा स्थानीयले अतिक्रमण गरेका हुन्। मापदण्ड विपरित बनाइएका घर टहराका कारण नगरपालिका कुरुप बन्न थालेको छ। 

सिद्धिचरणलाई नगरपालिका घोषणा गरिएको चार वर्ष वितसिके पनि नगरपालिकाले बनाएका मापदण्ड कार्यन्वयनमा आएका छैनन्। स्थानीयको अवरोधकै कारण नगरपालिकाका मापदण्ड कार्यन्वयन हुन नसकेको हो। नगरपालिका घोषणा भएको चार वर्ष ९ महिना बित्दा पनि मापदण्ड कार्यान्वयन गर्न नगरपालिका असफल भएको छ।

घर टहरा निर्माण गर्दा बाटो छोड्नु पर्ने, सडकबाट छोडिनु पर्ने न्यूनतम दूरी नराखी घर टहरा निर्माण भइरहेका छन्। घर निर्माण गर्दा अनिवार्य नक्सापास र स्वीकृति लिनुपर्ने प्रावधान पनि नगरबासीले मिचेका छन्। बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मापदण्ड मिचेर घर टहरा मात्रै बनाएका छैनन्, सडकमा निर्माण सामाग्री राखेर आवतजावतमा समेत अवरोध पुर्‍र्याएका छन्। 'अतिक्रमण गरेर बनाइएका टहराले बजार नै कुरुप बन्‍नेछ' पाँच वर्षपछि राजधानीबाट सदरमुकाम फर्किएका दिनेश केशीले भने। 

जिल्ला सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका परिसरको बजार क्षेत्र, गोरुमारेभन्ज्याङ, रमाइलोडाँडा, नयाँबजारलगायतका क्षेत्रमा दिनदिनै घर टहरा थपिएका छन्। सडक मिचेर बनाइने, नक्सापास बिनापक्की घर बनाउनेजस्ता काम दैनिक भइरहेका छ। जनप्रतिनिधि आफ्ना मतदाताले गरेका गैर कानुनी काम नदेखेझैँ गरिरहेका छन्। 'यसरी नै बस्ती विस्तार हुने हो भने केही समयपछि नियन्त्रण गर्न सकिदैन' सिद्धिचरण नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विनोद केसीले भने।  

स्थानीय तहको निर्वाचन भएको ११ महिना बित्दा पनि जनप्रतिनिधिले अनुभव गर्न सकिने कुनै नयाँ काम गर्न नसकेको स्थानीयको आरोप छ। मूख्य बजार क्षेत्रमा भुकम्पले धराप भएका दर्जनौ घर भए पनि भत्काउने काम नगरपालिकाले थालेको छैन। 

दुई वर्ष पहिले नै जिल्ला दैवी प्रकोप उद्धार समितिले समेत जीर्ण बजार क्षेत्रका घर भत्काउने निर्णय गरेको भएपनि कार्यन्वयनमा आएको छैन। जतिखेर पनि भत्किन सक्ने धराप घरहरु साह्रै जोखिममा छन्। नगरपालिकाले फोहोर व्यवस्थापन, सडक, ढल, खानेपानीलगायतका पूर्वाधार समेत पुरानै शैलीबाट सञ्चालन भइरहेको छन्। तर नगरपालिकाले भने आवधिक योजना निर्माण गरेरै यसलाई दीर्घकालीन रुप व्यवस्थित गर्ने तयारी रहेको जनाएको छ। 

पाँच वर्षको आवधिक योजना निर्माण थालिसकेकाले केही महिनाभित्र आवधिक योजना बनेपछि त्यसलाई टेकेर नगरक्षेत्रको विकासका काम हुने नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए।  प्रमुख श्रेष्ठले घर टहरा निर्माणमा मापदण्ड कार्यान्वयन गर्न चुनौति रहेकाले सबैले सहयोग गर्नुपर्ने जनाए।

हाललाई स्थानीय सरकार (तह)को ऐन कानुन बनाउन प्रदेश कानुन बनि नसकेकाले गाह्रो भएको उनको भनाइ छ।'हामीले हाम्रो नगरपालिकाको कानुन बनाइ सकेपछि कसैले पनि कानुन र कार्यविधि मिचेर कुनै संरचना निर्माण गर्न पाउने छैनन्। हाल बनेका संरचनालाई पनि त्यही कार्य विधिले कारबाही गरिनेछ' प्रमुख श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.