चट्याङबाट सुत्केरी घाइते
राजविराज : पानीसँगै परेको चट्याङ लागेर मंगलबार सप्तरीमा एक सुत्केरी महिला घाइते भएकी छिन्।छिन्नमस्ता गाउँपालिका ४ बस्ने पप्पु रामकी श्रीमती २१ वर्षीय रिंकुदेवी राम चट्याङ लागेर घाइते भएको सप्तरी प्रहरीले जनाएको छ।
घाइतेको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घरको आँगनमा उभिरहेका बेला ठूलो आवाजसँगै परेको चट्याङ्ग लागेर पिठ्युमा चोट लागेको घाइतेले बताइन्।घाइतेको तीन महिनाको छोरा भने सकुशल रहेको उनका श्रीमान पप्पुले बताए।