प्रहरीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

दुनैः सोमबार प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुईजना कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेतकै अवलचिङका सन्तोष खड्का रहेका छन् ।

उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका–३ जीँउबाट सोमबार साँझ पक्राउ गरिएको जिप्रका डोल्पाले जनाएको छ ।

पक्राउ परेका दुईजनाको सूचनाको आधारमा लत्ताकपडा, चन्दा रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरिएको छ । पक्राउ परेका दुईजनाको अनुसन्धान भइहकाले रिहागर्ने बिषयमा अहिले नै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

उनीहरुले पाटनमा गएर यार्सा संकलनक, ब्यायापारीहरुबाट चन्दा संकलन गर्ने मुख्य योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । नेपाल बन्दका क्रममा ३० वैशाखमा पक्राउ परेका नेकपाका कार्यकर्ता डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिका–९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरिएको थियो ।

शाहीलाई भगाएपछि प्रहरीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताए । नेकपाका जिल्ला ईन्चार्ज अजीत विष्टको नेतृत्वमा आएको ६ जनाको टोलीले प्रहरी हवलदार धनसिंह कठायत र जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी जिल्ला कमिटी सदस्य शाहीलाई छुटाएर लगेका थिए ।

घटनामा संलग्न छमध्ये दुईजना पक्राउ सफल भए पनि तीनजना फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.