सुनसहित २ भारतीय पक्राउ

सुनसहित २ भारतीय पक्राउ

महेन्द्रनगर : देशको पश्चिमी सीमा नाका गड्डाचौकीमा ५ सय ग्राम सुन बरामद गरिएको छ।बुधबार बिहान गड्डाचौकी भन्सार कार्यालय नजिकै चेकजाँचका क्रममा ५ सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।

भन्सार कार्यालय गड्डाचौकी र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा भारतीय नागरिकको साथमा ५ सय ग्राम सुन बरामद गरेको हो। 'हामीले विशेष सुराकीको आधारमा सुन बरामद गर्न सफल भएका हौं' प्रमुख भन्सार अधिकृत मदन दाहालले भने,'एक भारतीय नम्बरको गाडीमा सुन बरामद भइरहेको भन्ने जानकारी आएपछि निगरानी गरिरहेका थियौं।'

भारतको हरियाणा राज्यको दर्ता रहेको एच आर १२ एएफ ०००६ नम्बरको कारको डिग्गीमा खानतलासी गर्दा सुन भेटिएको हो। उक्त सुन झोलामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो। सुन तस्करीमा रहेका हरियाणाका जितेन्द्र शैन र सुरेन्द्र कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ। उनीहरु दुईमध्ये सुन जितेन्द्र शैनको रहेको भन्सार कार्यालयले जनाएको छ। 

'अहिले उनीहरु हाम्रो नियन्त्रणमा रहेका छन्, आवश्यक सोधपुछ भइरहेको छ, प्रमुख भन्सार अधिकृत मदन दाहालले भने,' अनुसन्धान पछि मात्रै सुन कहाँबाट ल्याइएको भन्नेबारे थाहा हुनेछ।' त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करी भइरहेको र केही समय अघि विमानस्थलबाटै सुन गायब भएको घट्नाले चर्चा पाइरहेकै बेला पश्चिमी नाकामा समेत भारततर्फ तस्करी हुन लागिरहेको अवस्थामा सुन फेला परेको हो।
 
गड्डाचौकी भन्सार कार्यालयले पहिलो पटक सुन तस्करी भइरहेको अवस्थामा बरामद गरिएको बताएको छ। तस्करीमा संलग्न भारतीय नम्बरको सवारी वैशाख ३१ गते गड्डाचौकी भन्सार कार्यालयमा ४ दिनको भन्सार बनाएर नेपाल प्रवेश गरेको देखिएको छ। भन्सार गराएको समय सकिन एकदिन अघि नै भारत जाने क्रममा उक्त कारमा सुन भेटिएको हो। 

सुन तस्करीमा संलग्नले आफूहरुले काठमाडौं पुगेर आएको प्रारम्भिक बयान दिएपनि सुन कहाँबाट ल्याएको हो भन्ने बारे केही खुलाएका छैनन्। गड्डाचौकी भन्सार कार्यालयले सुन गलाएको अवस्थामा रहेकाले महेन्द्रनगर, धनगढी वा आसपासका बजारबाट सुन ल्याएको हुनसक्ने अनुमान गरेको छ।बरामद गरिएको सुनको बजार मुल्य २५ लाख हुन आउँछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.