वीरगन्ज नाकाको व्यापारघाटा बढ्यो

वीरगन्ज नाकाको व्यापारघाटा बढ्यो

वीरगन्ज : भारत र तेस्रो मुलुकतर्फको निर्यात घट्दै गएपछि पछिल्लो समय वीरगन्ज नाकाको व्यापार घाटा उच्च बनेको छ। गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको तुलनामा चालु आवको सोहीअवधिमा वीरगन्ज नाकाको व्यापार घाटा ५६ अर्ब चार करोड रुपैयाँ बढी भएको छ।

चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म वीरगन्ज नाकाबाट हुने व्यापार घाटा दुई खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज नाकाको व्यपारघाटा दुई सय ३५ अर्ब ६२ करोड थियो।

चालु आवको १० महिनामा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै तीन सय अर्ब ६ करोडको सामान आयात भएको छ। तर, त्यही अवधिमा नेपालबाट भने वीरगन्ज नाका हँुदै आठ अर्ब ४० करोड मूल्यको सामान भारत र तेस्रो मुलुकमा निर्यात भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको पहिलो १०महिनाभन्दा चालु आवकोे १० महिनामा तीन अर्ब २२ करोड रुपैयाँ कम मूल्यको सामान भारत र तेस्रो मुलुक निर्यात भएको हो।

गत आर्थिक वर्ष २०७३÷०७४ को पहिलो १० महिनाभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा वीरगन्ज नाका हुँदै विदेशमा निर्यात हुने सामानको कारोबारमा झण्डै २८ प्रतिशतले कमी आएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले यस वर्ष निर्यात घटेको बताए। यादवका अनुसार, वीरगन्ज नाकाबाट सबैभन्दा बढी जुस, स्पोर्टस जुत्ता, दन्तमन्जन, कपडा, जीआई फलामे पाइप, जीवजन्तुको दाना, ऊनी गलैंचा, आर्युवेदिक औषधिलगायत निर्यात हुन्छ।

चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी दुई अर्ब ६० करोड रुपैयाँको जुस भारत निर्यात भएको छ। तर, गत आर्थिक वर्षको त्यही अवधिमा वीरगन्ज नाका हँुदै तीन अर्ब ९८ करोड रुपैयाँको जुस भारत निर्यात भएको थियो।

‘नेपालबाट वीरगन्ज नाका हँुदै निकासी हुने प्रमुख सामानको परिणाम कम भएका कारण नै यो नाकाको निर्यातमा कमी आएको हो’, उनले भने,‘ आयातको तुलनामा निर्यात कम हँुदा व्यपार घाटा बढेको हो।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले पनि भारत र तेस्रो मुलुकबाट आयात हुने सामानको तुलनामा निर्यात अत्यन्त न्यून भएकाले व्यापारघाटा बढेको बताए।

‘दैनिक उपभोग्य वस्तुको पनि उत्पादन स्वेशमा न्यून भएका कारण विदेशबाटै आयात भइरहेको छ’, उनले भने, ‘दिन प्रतिदिन विदेशबाट नयाँ गाडीको संख्या बढदै गएको छ। गाडीको संख्या बढेपछि इन्धनको आयात पनि बढ्दो क्रममा छ। त्यसैले व्यापार घाटा बढ्दै गएको हो।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति नबनाएकै कारण व्यपारघाटा बढ्दै गएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.