टिपर दुर्घटनामा सहचालकको मृत्यु

टिपर दुर्घटनामा सहचालकको मृत्यु

गाईघाट : उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका-११ ठाटीमा बिहीबार टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ।कटारी बजारबाट सोलु हाईड्रोको सिमेन्ट बोकेर सोलुखुम्बु जादै गरेको ना.७.ख. ६७०६ नम्बरको टिपर सिद्धिचरण लोकर्मागको ठाटीमा दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका-२ का सहचालक १८ वर्षीय इन्द्रबहादुर सार्कीको ज्यान गएको हो। 

दुर्घटनामा परी चालक ३५ वर्षीय शेरबहादुर खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मनप्रसाद श्रेष्ठले बताए।घाइते चालकको कटारी अस्पतालमा उपचारमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको श्रेष्ठले बताए। 

टिपर सडकबाट झण्डै ५ सय मिटर तल खसेको स्थानीय यातायात व्यावसायी शत्रुधन कार्कीले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.