सशस्त्रमा आईजी खनालको मनोमानी

सशस्त्रमा आईजी खनालको मनोमानी

 काठमाडौं : सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालको कार्यशैलीप्रति संगठनभित्र असन्तुष्टि बढ्न थालेको छ। सरुवा–बढुवा एवं गृहमा उनले गरेका सिफारिसप्रति संगठनका सदस्यले असन्तुष्टी व्यक्त गरेका हुन्। उनले बढुवामा वरीयता मिचेको आरोप छ। उनले एसपीमा बढुवा गर्दा १३ औं नम्बरका रेशमकुमार थक्सु, १६ औं नम्बरका डीएसपी प्रेमध्वज शाह र ९ नम्बरका गाहारधन राईलाई क्रमशः एक, दुई र तीन नम्बरमा ल्याएको आरोप छ।

हाइटी शान्ति मिसनमा रहेका बेला गणपति तालिमको प्रमाणपत्र लिएपछि विवादमा मुछिएका डीएसपी हुन् राई। तीनमहिने तालिममा जम्मा एक महिना मात्र तालिम लिएर राई मिसनमा गए पनि तालिमको पूरै अवधि जोडेर प्रमाणपत्र दिइएको चर्चा सशस्त्र मुख्यालयमा छ। वरीयतामा २९ औं नम्बरका सुरेशकुमार श्रेष्ठ, र ३६ औं नम्बरका दीपेन्द्र शाहलाई क्रमशः पाँच र ६ नम्बरमा बढुवा गरेपछि वरिष्ठतामा अघि रहेका डीएसपी आइएजी खनालसँग असन्तुष्ट भएका हुन्।

केही दिनअघि मात्र आईजी खनालले प्रशासनलाई जानकारी नै नदिई डीएसपी र इन्स्पेक्टरलाई क्षेत्रमा काज खटाउने पत्र आफ्नै सचिवालयमा तयार पारे र लिएर गृह मन्त्रालय पुगे। सशस्त्रको नियमावलीअनुसार डीएसपी र इन्स्पेक्टरको काज सरुवा गर्न पाउने अधिकार आईजीलाई नै दिएको छ। उनले आफ्नो अधिकारक्षेत्रभित्र रहेको काज सरुवा गर्न मन्त्रालयको स्वीकृति लिन खोज्नुलाई संगठनका वरिष्ठ अधिकारीहरूले अनौठो मानेका छन्। उनले लेखा र कानुनका अधिकृतलाई बोलाएर आफ्नो कार्यकालभर उनीहरू कसैको बढुवा नगर्ने चेतावनी दिएको बताइन्छ।

‘संगठनको निर्णय मान्दिन भन्नेमाथि कारवाही हुन्छ।’
-शैलेन्द्र खनाल, आईजी, सशस्त्र प्रहरी बल

यो विषय गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले थाहा पाएपछि गृहसचिव प्रेमकुमार राईसँग जानकारी लिन खोज्दा राईले प्रदेश ४ को सुरक्षा भेलाबाट फर्केपछि बुझौंला भनेर टारेको स्रोतले बतायो। डीआईजी सरुवामा आईजी खनालले दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको आरोपसमेत छ। डीआईजी बाबुराम पाण्डेलाई उनले मद्दती सेवा निर्देशनालयमा पठाएका थिए। निर्देशनालयमा एसएसपीको मात्र दरबन्दी छ। पाण्डेलाई अहिले अन्वेषण तथा विकास निर्देशनालयमा पठाइएको छ। दरबन्दी रहेका सीमा विभाग र कार्य विभागमा सरुवा नगरी पाण्डेलाई थन्क्याउने मनसायले अन्वेषणमा सरुवा गरिएको सशस्त्रभित्रै चर्चा गरिन्छ।

‘आईजीपीले दरबन्दी नै नभएको ठाउँमा सरुवा गरी गृहमन्त्री र सचिवलाई झुक्याए। रातारात पत्र फेरेर अर्को सरुवा सूची निकाले’, सशस्त्र मुख्यालयका एक अधिकृतले भने, ‘डीएसपीको दरबन्दी भएका ठाउँमा इन्स्पेक्टर ल्याएरसमेत राख्नु भएको छ। आफ्ना मान्छे खोजीखोजी राम्रो ठाउँमा पोस्टिङ गरेपछि काम गर्ने सक्षम अधिकृत मर्कामा परेका छन्।’ मुख्यालयका अर्का अधिकृतले भन्सारमा सशस्त्रको भूमिका गौण बनेको गुनासो पोखे। आईजी खनाल भने आफू संगठनको सुदृढीकरणमा लागिपरेको दाबी गर्छन्। उनले भने, ‘संगठनका सदस्यलाई मेरो काम चित्त बुझेन भने आएर मसँग भन्नुप¥यो। गुनासो राख्ने संगठनभित्रै हो। संगठनको निर्णय मान्दिन भन्नेमाथि कारवाही हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.