नेपाली नियोगमा अध्यागमनका कर्मचारी खटाउने तयारी

नेपाली नियोगमा अध्यागमनका कर्मचारी खटाउने तयारी

काठमाडौं : गृह मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगमा प्रवेशाज्ञा (भिसा) व्यवस्थापन र अध्यागमनलगायत मामिला हेर्न अध्यागमन कर्मचारी पठाउने तयारी गरेको छ। त्यसका लागि गृहले आवश्यक दरबन्दी सिर्जना गर्न सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको छ।

गृहले पहिलेदेखि नै विदेशस्थित नेपाली नियोगहरूमा अध्यागमन हेर्ने छुट्टै कर्मचारी राख्ने तयारी गरे पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूको अवरोधले सम्भव भएको थिएन। गृहसचिव प्रेमकुमार राई र सामान्य प्रशासन सचिव शंकरप्रसाद कोइरालासमेत विदेशस्थित नेपाली नियोगमा अध्यागमनका कर्मचारी राख्न सकारात्मक छन्।

परराष्ट्रका कर्मचारीले नियोगहरूमा अध्यागमन कर्मचारी खटाउँदा आफ्नो दरबन्दी कटिने डरले विरोध गर्दै आएका छन्। सामान्यले विदेशस्थित नियोगमा परराष्ट्रको दरबन्दी कटाएर भए पनि अध्यागमन हेर्ने कर्मचारी पठाउने भएको हो। यसका लागि सामान्यले अर्थ मन्त्रालयसँग समेत परामर्श गरिरहेको छ।

अध्यागमन विभागले २४ वटा नियोगमा अध्यागमन अधिकृत पठाउने प्रस्ताव गरे पनि गृहले पहिलो चरणमा अमेरिका, चीन, थाइल्यान्ड, बेल्जियम र हङकङका लागि दरबन्दी स्वीकृत गर्न सामान्यमा प्रस्ताव लगेको छ। गृहको प्रस्तावअनुसार अमेरिका र चीनमा उपसचिव र थाइल्यान्ड, हङकङ र बेल्जियममा शाखा अधिकृत पठाउने तयारी गरेको हो।

गृहले पहिलो चरणमा अमेरिका, चीन, थाइल्यान्ड, बेल्जियम र हङकङका लागि दरबन्दी स्वीकृत गर्न सामान्यमा प्रस्ताव लगेको छ।

अध्यागमन कर्मचारी खटाउनुपर्ने विदेशस्थित नेपाली दूतावासहरूमा अहिले परराष्ट्रका कर्मचारीले नै भिसा व्यवस्थापनलगायत अध्यागमनको काम गर्दै आएका छन्। परराष्ट्रका कर्मचारीले भिसा जारी गर्दा त्रुटि गर्ने र भिसाबापतको राजस्वसमेत समयमै सरकारी कोषमा जम्मा नगरेको गृहले आरोप लगाउँदै आएको छ। विदेशीस्थित नियोगमा अध्यागमन हेर्ने कर्मचारी नहुँदा भिसा वितरण र व्यवस्थापनमा धेरै त्रुटि भएको गुनासो आएपछि गृहले नेपाली नियोगमा अध्यागमन कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो।

अन्नपूर्णलाई प्राप्त गोप्य दस्तावेजमा गृहले विदेशस्थित नेपाली नियोग अमेरिकाको वासिङटन डीसी र न्युयोर्क, जापान, दक्षिण कोरिया, क्यानडा, फ्रान्स, भारत, बेलायत, मलेसिया, कुवेत, स्विजरल्यान्ड,        श्रीलंका, बंगलादेश, डेनमार्क, बेल्जियम, इजिप्ट, अस्ट्रेलिया, ब्राजिल, जर्मनी, थाइल्यान्ड, यूएई, चीनको ल्हासा, हङकङ र बेइजिङमा अध्यागमन मामिला गर्न अध्यागमन अधिकृत खटाउने तयारी गरेको उल्लेख छ।

परराष्ट्रका अधिकारीले अध्यागमन सेवा नभएको अवस्थामा अन्य सेवाबाट ल्याइएका कर्मचारी अध्यागमन मामिला र भिसा व्यवस्थापनमा दक्ष नहुने भन्दै अहिले नियोगहरूमा परराष्ट्रकै कर्मचारीहरूलाई निरन्तरता दिनुपर्ने अडान राख्दै आएका छन्। गृहले नेपाली नियोगले भिसा जारी गर्ने क्रममा लापरवाही गर्ने गरेको भन्दै अध्यागमन हेर्न छुट्टै कर्मचारी खटाउनुपर्नेमा जोड दिँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.