धान सुपरजोनमा भारतीयलाई लाभ

धान सुपरजोनमा भारतीयलाई लाभ

 बिर्तामोड ः  भारतको किसनगन्ज सुखनी थानाका महिम अलीले झापाको बनियानीमा धान खेती गरेको दशकभन्दा बढी भइसक्यो। उनले भारतमा जमिन नपाएपछि नजिकै नेपालतर्फ बनियानीमा बाँझो रहेको साढे ६ बिघा भाडामा लिएर धान खेती गर्दै आएका हुन्।

महिमले जग्गाधनीलाई वार्षिक प्रतिबिघा २० मन धान दिन्छन्। उनले भाडामा लिएको जमिन अहिले चैते धानले ढाकेको छ। ‘हामी गरिब मान्छे, भारतमा हाम्रो जमिन छैन, भाडामा जमिन पनि पाइँदैन’, उनले भने, ‘काम नगरी परिवार कसरी पाल्नु ? , त्यसैले नेपालतर्फ बाँझो जमिन देखेर खेती गर्न आएको हुँ।’

उनी बिहान खेती गर्न यता आउने र रात परेपछि भारत फर्कने गर्छन्। भारतीय किसान नेपालमा आएर खेती गरिरहँदा नेपालीका जमिन भने बाँझै छन्। नेपालको जमिन बाँझो भएको देखेर महिमले भने, ‘भारतमा जमिन बाँझो हुँदैन, त्यहाँ त खेती गर्ने जमिन भाडामा पनि नपाएर म यता अएको हुँ।’

यहाँ उत्पादन भएको धानको आम्दानीबाट महिमको जीविकोपार्जन भइरहेको छ। धानको मूल्य जता धेरै हुन्छ उनी उतै लगेर बिक्री गर्छन्। ‘भारतमा मूल्य धेरै भए उतै लान्छौं, यता मूल्य धेरै हुँदा यतै बिक्री गर्छौं’, उनले भने।

उनी मात्र होइन, भारतबाट नेपाल आई जमिन भाडामा लिएर धान खेती गर्नेको संख्या करिब एक दर्जन छ। पहिले एक सिजनमा मात्र धान खेती गर्ने उनीहरूलाई बनियानीमा धान सुपरजोन कार्यालय स्थापनापछि राहत मिलेको छ। पहिले असार–साउनमा मात्र धान खेती गर्ने उनीहरूले सुपरजोन भई सिँचाइको व्यवस्था भएपछि चैते धानसमेत लगाउन थालेका छन्। धान खेतीमा पानीबाहेक उनीहरूले औषधि, मल भारतबाटै ल्याउने गरेका छन्।

नेपाली किसानले जाँगर नचलाउँदा धान खेतीका लागि उर्बर मानिने यो ठाउँमा खेतीयोग्य जमिन बाँझिएको छ। बनियानीमा केही नेपालीले मात्र मन लगाएर धान खेती गरेको सुपरजोन सञ्चालक समितिका सहसचिव कनैयालाल गणेशले बताए। ‘नेपालीभन्दा भारतीय किसानको मिहिनेत बढी देखिन्छ। उनीहरू धानको स्याहार पनि राम्रै गर्छन्’, सहसचिव गणेशले भने, ‘नेपाली किसान भने सरकारको मुख ताकेर खेत बाँझै राखेर बसेका छन्।’

भारतीय किसान नेपालमा आएर खेती गरिरहँदा नेपालीका जमिन भने बाँझै छन्।

यस क्षेत्रलाई सुपरजोन घोषणा गर्दै लगानी गर्न थालेपछि अनुदान पाउने आशामा केही किसान धान खेतीमा फर्किए पनि मिहिनेत नगर्ने बानी रहेको उनको अनुभव छ। भारतीयजस्तै नेपालीले पनि मिहिनेत गरे सरकारको लगानी जोगिने सुपरजोन बनियानीका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिम्सिनाले बताए। ‘सरकारले धान खेती राम्रो होस् भनेर सुपरजोन बनाएको छ तर किसान अझै अल्छी गर्छन्’, उनले भने, ‘भारतीय किसानले एक दशकदेखि मिहिनेत लगाएर रामै्र धान उत्पादन गरी भारत भिœयाइरहेका छन्।’

उनले सरकारी अनुदानका लागि मात्र नेपाली किसान सक्रिय हुने गरेको बताए। ‘अनुदानका भरमा मात्र नेपालमा कृषिको उन्नति हुँदैन, सबैभन्दा पहिले त किसानमा जाँगर र मिहिनेत हुनुप¥यो’, उनले भने। जमिन बाँझो राख्ने किसानलाई सरकारले जरिवाना गर्ने नीति नबनाएसम्म कृषिबाट उन्नति नहुने उनको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.