ब्रेनट्युमर पीडित बालिकाको उपचारमा सहयोगको अपिल

ब्रेनट्युमर पीडित बालिकाको उपचारमा सहयोगको अपिल

काठमाडौं : ब्रेनट्युमरबाट पीडित छोरीको उपचारका लागि भन्दै आमाले अार्थिक सहयोगका लागि अपिल गरेकी छन्। गोकर्ण निवासी विनिता थापा र उनको परिवारले ब्रेनट्युमरपीडित छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् । 

आर्थिक अवस्था कमजोर भएका कारण आठ वर्षीया छोरी विभूतिको दोस्रोपटक टाउकोकोमा लगाएको पाइप फेर्नुपर्ने  भएकाले सहयोगको अपिल गरिएको आमा विनिता थापाले बताइन्। पाइप फेर्न मात्र ४/५ लाख लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन्।

जन्मिँदा स्वस्थ्य जन्मेको छोरी नौ महिनापछि टाउकोबाट पसिना बग्ने, बान्ता हुने, दुब्लाउँदै गएको थापाले बताइन्।उपचारका क्रममा एक वर्षपछि मात्र उनलाई ब्रेनट्युमर भएको पत्ता लागेको थियो। 

चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्ने सुझाव दिएपछि थापा परिवारले जेनतेन रकम जुटाइ छ वर्ष अघि वीरअस्पतालमा शल्यक्रिया गरेका थिए।त्यतिबेला उपचारमा करिब २० लाख रुपैयाँ खर्च भएको थियो। त्यसपछि ४-४ महिनामा अस्पताल लगिरहनुपर्छ। एकपटक उपचारमा ३५ हजार जति खर्च लाग्छ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गर्दै आएको थापा परिवारलाई फेरि आर्थिक संकट आइलागेको छ। शल्यक्रियापछि पूर्ण निको भएको ट्युमर फेरि बढेर पहिलेकै अवस्थामा पुगेपछि थापा परिवार सहयोगको खोजीमा छ।

छोरीको उपचारका लागि कपनमा भएको एक तले घरसमेत बिक्री गरेको थापाले बताइन्। उनले भनिन्,' उपचारमा लिएको ऋण तिर्न नसकेर कपनमा भएको घरसमेत बिक्री गरेँ, अहिले फेरि ४-५ लाख खर्च कहाँबाट जुटाउनु ? अब के गरी छोरीको उपचार गर्ने ?'

विभूति थापा परिवारकी एक मात्र सन्तान हुन्। हाल उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। 'चिकित्सकले पाइप फेर्नुपर्ने बताएका छन्। त्यसका लागि ठूलै रकम लाग्ने अवस्था छ,' थापाले भनिन्, 'आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेकी छु, सानै भए पनि सहयोग गरिदिएर मेरो छोरीलाई बचाइदिनुहोला।' 

विभूतिको उपचारका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको दीपिका पण्डित को नाममा रहेको खाता नं‍. ०२८०५०८०३८९५८७ मा रकम जम्मा गर्न सकिनेछ। थप जानकारीका लागि ९८०१०४७७६० मा फोन गर्न सकिनेछ विभूतिको परिवारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.