डोटीमा जीप दुर्घटना, ६ घाइते

डोटीमा जीप दुर्घटना, ६ घाइते

डोटी : डोटीको जोरायल गाउँपालिका वडा नं ४ लक्ष्मीनगरमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुडर-जोरायल सडक खण्डअन्तर्गत बाँजीलेक गुँयली भन्ने ठाँउमा ना १ ज ३११९ नम्बर जीप दुर्घटना भएको हो।

घाइतेमध्ये नरेश मडै र चित्रा शाहानीको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेमा  बिरेन्द्र शाहु, घुर्बराज जोशी, जेतबहादुर खत्री, सृजना खत्री रहेको प्रहरीले जनाएको छ। 

जोरायलबाट कैलालीका हिँडेको जीप सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

घाइतेको सरस्वती प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइतेको थप उपचारका लागि कैलाली पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.