पेस्तोल र गोलीसहित वीरगन्जबाट भारतीय युवा पक्राउ

पेस्तोल र गोलीसहित वीरगन्जबाट भारतीय युवा पक्राउ

वीरगन्ज : प्रहरीले पेस्तोल र गोलीसहित वीरगन्जको ईनर्वा नाकाबाट एक भारतीय युवकलाई पक्राउ गरेको छ। भारतको रक्सौल कौडीहार घर भएका ३० वर्षीय अभिरंजन साहलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले साहको साथबाट पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्याग्जिन एक थान र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धानको विशेष टोली र प्रहरी चौकी इनर्वाको टोलीले रक्सौलबाट वीरगन्ज प्रवेश गर्दै गरेका भारतीय युवालाई पेस्तोलसहित पक्राउ गरेको हो।

रक्सौलबाट वीरगन्ज तर्फ आउँदै गरेको साह सवार वी आर ०५ एम ९२५४ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा पेस्तोल र गोली बरामद भएको हो। पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.