हिन्दु–मुस्लिम आस्थाको साझा केन्द्र रौजा मजार

हिन्दु–मुस्लिम आस्थाको साझा केन्द्र रौजा मजार

जनकपुरधामः महोत्तरीको बलवा नगरपालिकास्थित रौजा मजार हिन्दु र मुस्लिम दुवै धर्म मान्नेहरुको साझा आस्थाको केन्द्र बन्दै गएको छ ।

जनकपुरदेखि १४ किलोमिटर पश्चिममा पर्ने रौजा मजार इश्लाम धर्मावलम्बीहरुको प्रमुख धार्मिकस्थल भए पनि हिन्दु धर्म मान्नेहरु पनि यहाँ दरगाहमा चादर चढाउन ठूलो संख्यामा पुग्ने गर्दछन् । 

दैनिक रुपमा भाकल गर्ने र भाकल पुरा भएपछि चादर चढाउने श्रद्धालुमा कुनै एक धर्मको मात्र नभई सबै धर्म मान्नेहरुको संख्या उल्लेख्य रहने गरेको मजार व्यवस्थापन समितिका मोहम्मद शोकत अलि खा बताउँछन् । 

‘यो पवित्र थलो हो जहाँ धर्मको कुनै छेकबार छैन । सबैले आफ्नो मनोकामना पुरा हुने आशाका साथ यहाँ आइपुग्छन्’, उनले भने, ‘आफ्नो भाकल पुरा भयो भने खुशीमा खशिको कुर्बानी दिने, कुखुरा चढाउने र केहीको क्षमता नभए लड्डु चढाएर पनि ईश्वरलाई धन्यवाद दिने गर्दछन् ।’ 

१५ औं शताब्दीमा मध्यपूूर्वबाट इश्लाम धर्मको प्रचारप्रसारका लागि नेपाल आएका प्रचारकहरु बाबा गदाअलि साह र उनका दुई अनुयायीहरु रहमन अलि साह र बारहअलि साहको समाधीस्थल हो रौजा मजार । 

ती प्रचारकहरुमा ईश्वरीय शक्ति भएको हुनाले उहाँहरु यस स्थानमा बसेपछि कसैलाई पनि दुःख विपत्त पर्दा समस्याको समाधान गरि दिने गर्थे । 

सोही आस्थाका कारण वर्तमानमा यस मजारमा आएर आफ्नो दुःखकष्ट अन्त्य हुने कामनाका साथ वर्षमा देश विदेशबाट लाखौं श्रद्धालुहरु यहाँ पुग्ने गर्दछन् । 

भारतको लौकहाबाट रौजा मजार गाडी भाडा गरि आइपुगेका श्रीचन मुखिया भन्छन्, ‘घरमा शुखशान्ति र छोरालाई राम्रो जागिर मिलोस् भन्ने कामनाका साथ दरगाहमा आएका छौं ।’

आफ्नो गाउँमा यो मजार निकै प्रसिद्ध भएको बताउँदै उनले छिमेकीहरुबाट यहाँको महत्व थाहा पाएपछि परिवारसहित घुम्न आइपुगेको उनको भनाई छ । ‘यदि भाकल पुरा भयो भने अर्को पटक चादर चढाउछौँ ।’

विशेषगरी निःसन्तान दम्पत्ति, मानसिक रोगबाट पीडित र अन्य शारीरिक समस्याबाट ग्रसित भएकाहरु डाक्टरको उपचारले रोग निको नभएर थाकेपछि यस दरगाहमा मनोकामना लिएर आइपुग्ने गरेको मौलानाहरु बताउँछन् । यहाँ भाकल गरेपछि अधिकांशको इच्छा पूर्ति हुने विश्वास छ । 

सडक, यातायात, बसोबासको उचित व्यवस्था नहुँदा टाढाबाट आउने धार्मिक पर्यटकसम्म दरगाहको महत्व अनुसार प्रचार गर्न नसकिएको स्थानीय बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.