सांसदले जबर्जस्ती सही गराएको भन्दै कर्मचारी आन्दोलित

सांसदले जबर्जस्ती सही गराएको भन्दै कर्मचारी आन्दोलित

 मलंगवा : प्रदेशसभा सदस्य संजय कुमार यादवले सम्झौता कार्यादेशमा कविलासी नगरपालिकाका अधिकृत नवीन श्रीवास्तवलाई जबरजस्ती सहीछाप गराएपछि कर्मचारीहरु कार्यालयका कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका छन्। अधिकृतलाई जबरजस्ती सहीछाप गर्न लगाएका पछि शुक्रवारदेखि नगरपालिकाका सम्पूर्ण कार्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएको छ।

बिहीवार नगरपालिकाको कार्यालयमा आएका विधायक यादवले अधिकृत श्रीवास्तवलाई उममेयरको कार्यकक्षमा धुनेर सहीछाप गराएपछि कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्। आन्दोलनमा उत्रेका कर्मचारीहरु प्रेस विज्ञप्ती जारी गर्दै सुरक्षाको प्रत्याभुति नभए सम्म आफुहरु कार्यालयको कामकाज नगर्ने भन्दै चेतावनी समेत दिएका छन्। आन्दोलनमा उत्रेको कर्मचारीहरु शुक्रवारदेखि शिक्षा, स्वास्थ्य, कृषी, भेटनरी लगायत नगरपालिकाको मातहतमा रहेका सम्पूर्ण कार्यालयको कामकाज अनिश्चितकालको लागि ठप्प पारेको छ। आन्दोलित कर्मचारीहरु शुक्रवार पत्रकार सम्मेलन गरि कार्यालयको साँचो मेयर कौशल किशोर यादवलाई समेत बुझाएको छ।

आफुलाई उपमेयरको कार्यकक्षमा बोलाई वडा नं. १० योजनाहरुमा जबरजस्ती सही गराएको अधिकृत श्रीवास्तवले बताएका छन्। मेयरबाट सदर नै नभएको सम्झौता कार्यादेशमा जबरजस्ती सहीछाप गराएको अधिकृत श्रीवास्तवनको कथन रहेको छ। ‘विधायय यादवले घरबाट बनाएर ल्याएको सम्झौता कार्यादेशमा आफुबाट जबरजस्ती सहीछाप गर्न लागएको छ’, श्रीवास्तवले भने, ‘उप मेयरको कार्यकक्षमा चुकुल लगाएर जबरजस्ती सडक निर्माण, सडक ढलान लगायतको ६÷७ वटा योजनामा आफुसंग सहीछाप गराएपछि कर्मचारीहरु संशकित बनेको छ।’

 डरधाक देखाई जबरजस्ती काम गर्न लागएपछि आफुहरु असुरक्षित बनेको श्रीवास्तवको कथन रहेको छ। सुरक्षाको प्रत्याभुति नभएसम्म आफुहरु कार्यालयमा कामकाज नगर्ने उनले बताए। ‘यस्तो अवस्थामा काम कसरी गर्ने’, श्रीवास्तवले भने, ‘भोली गएर विधायककै वाडामा कर्मचारीलाई काम गर्न पठाउनु पर्छ। डर भयको यस्तो अवस्थामा कसरी कर्मचारी गएर काम गर्छ ? ’ आज सम्झौता कार्यादेशमा सहीछाप गर्न लगायो। भोली चेकमा सही गर्न लगाउँछ।

विधायक जस्तो पद ग्रहण गरेको व्यक्तिले कर्मचारीलाई अपहरण शैलीमा कोठामा धुनेर काम गराउनु निन्दनिय कार्य रहेको मेयर कौशल किशोर यादवले बताएका छन्। २० वर्षदेखि बिग्रिएको व्यवस्थालाई विधायक जस्तो पदमा बसेका व्यक्तिले मलजल दिने काम गरेको मेयर यादवको आरोप रहेको छ। प्रदेश कानुनको निर्माण गर्ने व्यक्तिबाट नै आज कर्मचारी असुरक्षित भएको छ। त्यस्ता व्यक्तिले कस्ता कानुन बनाउँछ ? प्रदेशमा कसरी सुशासन कायम गराउँछ ? सही तरीकाले कामकाज भइरहेको अवस्थामा विधायक जस्ता व्यक्तिले कर्मचारीलाई आतंकित पार्ने काम गरेको यादवको आरोप छ। 

कर्मचारीको सुरक्षाको लागि प्रमुख जिल्ला अधिकारी र प्रदेशको मुख्यमन्त्रीलाई समेत जानकारी गराउने यादवको कथन रहेको छ। कविलासी नगरपालिका क्षेत्र भित्र ४ प्रदेश सभा , ३ प्रतिनिधी सभा सदस्य र एक राष्ट्रिय सभा सदस्य रहेका छन्। आज संजयले गर्यो भोली अरुले गर्लान। सबै जनाले यस्तै गर्यो भने कसरी कर्मचारीले काम गर्छ ?

सर्वपक्षिय भेलाबाट पारित भएको योजनालाई चालु नगरेपछि आफुले योजना सुचारु गर्नका लागि अधिकृत भन्न गएको विधायक संजय कुमार यादवले बताए। ढेड महिना पहिले बनेको योजनालाई सम्झौता नगरी झुलाउने काम गरेपछि आफुले योजना सुचारु गराउन पहल गर्न मात्र गएको यादवले बताए। आफुले कुनै प्रकारको दुर व्यवहार नगरेको यादवको प्रतिक्रिया रहेको छ। पटक पटक मौखिक ताकेदा सम्बन्धित वडाका व्यक्ति, उपमेयर र आफुले समेत ताकेता गर्दा कुनै सुनवाई गरिएको छैन्। काम गर्नका लागि भन्दा आफुलाई बदनियत पूर्ण तरिकाले फसाउन खोजेको उनको कथन रहेको छ। आफुलाई बदनाम गराउन खोजिदैं छ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.