मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत गर्ने निर्णयप्रति फोरमको आपत्ति

मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत गर्ने निर्णयप्रति फोरमको आपत्ति

वीरगन्ज : संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरेकोमा संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ। फोरम नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा पत्रकार सम्मेलन गरेर संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको हो।

प्रदेश २ का मुख्यमन्त्री राउतले 'जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका' नामक कार्यक्रममा भाग लिन संघीय सरकारसमक्ष अनुमति मागेका थिए। तर संघीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशस्तरमा कानुन, बजेट, नीति तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो। 

पत्रकार सम्मेलनमा फोरम नेपाल पर्साका अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले प्रदेश २ का मुख्यमन्त्री राउतको अमेरिका भ्रमणमा रोक लगाउने संघीय सरकारको निर्णय 'मधेस विरोधी रहेको' बताए। सरकारको निर्णयलाई लोकतन्त्र विरोधीको संज्ञा दिदै यादवले भने, ‘देशमा एउटा ज्ञानेन्द्र गइसकेपछि अर्को ज्ञानेन्द्रको रुपमा प्रधानमन्त्री ओली जन्मिएका छन्।' उनले प्रधानमन्त्री ओली र वर्तमान सरकार 'मधेसविरोधी' रहेको आरोप समेत लगाए।  

सांसद यादवले आगामी बजेटमा मधेसलाई विभेद गरेमा संघीय संसद बैठक नै अवरुद्ध गर्ने चेतावनी पनि दिए।

यसैबीच, कतिपय कांग्रेस नेताले मुख्यमन्त्री राउतको राजीनामा मागेकोमा पनि फोरमले आपत्ति जनाएको छ। सांसद यादवले चुनावमा लज्जास्पद हार व्यवहोरेका र जनताबाट तिरस्कृत भएका कांग्रेसका केही नेताले मुख्यमन्त्रीको राजीनामा माग्नु दिवा सपना भएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.