नेकपाले रोजेको बाटोले देश टुक्रिने कमल थापाको चेतावनी

नेकपाले रोजेको बाटोले देश टुक्रिने कमल थापाको चेतावनी

भनेः फुटेपछि सबैले हार्यौँ, अब मिलौँ

वीरगन्जः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाबाट फुटेर गएका पार्टीहरुसँग एकता गर्न तयार रहेको बताएका छन् ।  वीरगन्जमा सोमबारदेखि सुरु भएको राप्रपा केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीसँग एकताका लागि आफू तयार रहेको बताए  । 

‘तीनै तहको चुनावको मुखमा पार्टी फुटेकाले नराम्ररो हार व्यवहोर्नु परेको छ’, उनले भने, ‘फुटको कारण कसैलाई पनि भलो भएन, त्यसैले अब पार्टी एकता गर्नुपर्छ , त्यसका लागि म तयार छु, यदि आवश्यक परे पार्टी अध्यक्षको पद त्याग्न तयार छु । 

मुलुकबाट संवैधानिक राजतन्त्र हटेपछि कम्युनिष्ट शासन हावी हुँदै गएकोले सम्पूर्ण लोकतन्त्र र प्रजातन्त्रवादी शक्तिहरु एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए  । 

परिषद्को भेलाले पार्टीलाई ठूलो बनाउने योजना अनुसार अगाडि बढ्ने जानकारी पनि उनले गराए  । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई बधाई दिँदै अध्यक्ष थापाले भने, ‘कम्युनिष्ट पार्टी एकताले म खुशी छु , तर धर्मनिरपेक्ष, भ्रष्टाचार, संविधानको आडमा सत्ता कब्जा गर्ने रणनीति नअपनाउन म नवगठित नेपाल कम्युनिष्ट पार्टीलाइ आग्रह पनि गर्छु ।’

वर्तमान सरकार तथा कम्युनिष्ट एकताले संविधान भित्रैबाट अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै थापाले सरकार गठनको तीन महिना बितिसक्दा पनि संवैधानिक अंगमा नियुक्ति नहुनु र कर्मचारीतन्त्रबाट सबै प्रजातन्त्रवादीलाई तह लगाउने योजना अनुसार वर्तमान सरकार अगाडि बढेको उनले आरोप लगाए  । 

एकता भएको दुवै कम्युनिष्ट दलको पृष्ठभूमि शंकास्पद रहेको भन्दै उनले नवगठित कम्युनिष्ट पार्टीले अहिले रोजेको बाटोका कारण केही समयपछि देश नै टुक्रिने अवस्था समेत आउन सक्ने आशंका व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.