८० वर्षीय रामनारायण क्याम्पसका नियमित विद्यार्थी

८० वर्षीय रामनारायण क्याम्पसका नियमित विद्यार्थी

जनकपुरधाम :  जनकपुरमा बसोबास गर्दै आएका रामनारायणप्रसाद मण्डल ८० वर्षका भए । यो उमेरमा उनी जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्ययनरत छन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेका उनी कक्षामा नियमित हाजिर विद्यार्थी हुन् । उनी प्रत्येक बिहान ७ बजे नै घरबाट साइकल चढी क्याम्पस आइपुग्ने गर्छन् ।

धनौजी गाउँपालिका–५ बहुअर्वाका स्थायी निवासी उनी जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका छन् । भाषा, साहित्य र पुस्तकप्रतिको लगावले गर्दा बुढेसकालमा समय खेर फाल्नुको साटो अझ बढी ज्ञान आर्जन गर्ने उद्देश्यले अंग्रेजी साहित्य अध्ययनमा लागेको उनी बताउँछन् । उनका अनुसार क्याम्पसमा प्रवेश परीक्षा दिँदा १५ जना सहभागी भएका थिए । तर, ६ जना मात्र उत्तीर्ण भए, जसमध्ये पाँच जना भर्ना भई अध्ययनरत छन् । नियमित क्याम्पस जानेमा भने मण्डल र उनका एक ३० वर्षीय सहपाठी मात्र छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसके पनि पढ्ने धोको पूरा नहुँदा अहिले फुर्सद पाएर क्याम्पस भर्ना भएको उनको भनाइ छ । बुढेसकालमा पनि दिनहुँ कक्षामा आई पढ्ने मण्डल नयाँ पुस्ताका लागि उदाहरण रहेको उनका भतिजा नित्यानन्द मण्डल बताउँछन् ।

क्याम्पस पढ्नुबाहेक गुरुकुल इङ्लिस बोर्डिङ स्कुल सञ्चालन गरेका मण्डल अञ्चल शिक्षा अधिकारी पदबाट स्वेच्छिक अवकाशमा गएर समाजसेवामा लागेका थिए । उनका दुई छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.