मदन भण्डारी राजमार्ग : पूर्वपश्चिम जोड्ने चौथो राजमार्ग

मदन भण्डारी राजमार्ग : पूर्वपश्चिम जोड्ने चौथो राजमार्ग

काठमाडौं : पूर्वपश्चिम जोड्ने दुई राजमार्गको निर्माण पूरा नगर्दै सरकारले अर्को राजमार्ग घोषणा गरेको छ। १० टुक्रे सडक जोडेर सरकारले नयाँ राजमार्गका रूपमा मदन भण्डारी राजमार्ग घोषणा गरेको छ।

यस अघि पञ्चायत कालमा निर्माण गरिएको एक हजार किलोमिटरको मेहेन्द्र राजमार्गले पूर्वपश्चिमलाई जोडेको छ। एक हजार सात सय किलोमिटरका दुई आयोजना हुलाकी सडक र मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा छन्। चौथो राजमार्गका रूपमा घोषणा गरिएको मदन भण्डारी राजमार्गले एक हजार दुई सय किलोमिटरमा पूर्वपश्चिम जोड्नेछ।

विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पुर्‍याउने गरी मदनभण्डारी राजमार्ग बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए। मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको यो सडक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएको छ।

प्रस्तावित मदन भण्डारी राजमार्गले पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेल्धुराको रूपालसम्म जोडिनेछ। यो सडक शान्तिनगर–धरान, धरान–हेटौंडा, कालिगण्डकी करिडोर–रिडी, रिडी–प्युठान, प्युठान–घोराही, घोराही–सुर्खेत, सुर्खेत–वीपीनगर (डोटी), बीपीनगर–बुडर (डडेल्धुरा), बुडर–रुपाल र महेन्द्रराजमार्गमा खापिने गरी हेटौंडा–नारायणघाट गरी विभिन्न १० वटा खण्डको एकीकृत रूप नै मदनभण्डारी राजमार्ग हो।

यो राजमार्गको पूर्वी खण्डतर्फको तीन सय किलोमिटर गत वर्षमा नै ठेक्का लागेको थियो। चालू आवदेखिनै निर्माणको काम थालिएको छ। यही सडकलाई अगामी आवको बजेटमार्फत थप दूरी र लागत रकम समावेश गरेर पश्चिमी खण्ड पनि बनाउने गरी योजना बनिरहेको उल्लेख छ। पूर्व जोड्ने गरी यो सडकको धरानबाट काँकडभित्तासम्मको करिब ९५ किलोमिटर सडकको सम्भाव्यता अध्ययन भइसकेको छ।

धरानदेखि–चतरा–गाईघाट–सिन्धुली हुँदै हेटौंडासम्मको तीन सय किलोमिटर सडक बनाउन विभागले गत वर्ष नै दुईवटा खण्डमा विभाजन गरेर ठेक्का लगाएको छ। यो सडकको दुईवटा खण्डमा पुललाई पनि दुई खण्डमै राखेर करिब २५ अर्ब रुपैयाँ खर्चने गरी ठेक्का लागिसकेको छ।

यो सडकको पश्चिम खण्डमा करिब ४३ वटा र पूर्वी खण्डमा ३३ वटा पुलको निम्ति पनि ठेक्का लागेको छ। यो सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको छ। हाल काम सुरु भइरहको धरानदेखि सिन्धुलीसम्मको डेढ सय किमीलाई पूर्वी र सिन्धुलीदेखि हेटौंडासम्मको बाँकी क्षेत्रलाई पश्चिमखण्डको रूपमा विभाजन गरेर विभागले ठेक्का लगाएको हो।

यो सडकलाई अब धरानबाट पूर्वतर्फ झापा जोडिन्छ। धरानबाट मोरङ हुँदै झापा जोड्न करिबएक सय १५० किमिको दूरीमा मात्रै काम गर्नुपर्ने विभागले जनाएको छ। यो राजमार्ग धरानबाट हेटौंडासम्म आइपुगेपछि चितवनसम्म हालकै महेन्द्र राजमार्गमा मिसिनेछ। मदन भण्डारी राजमार्गलाई पूर्वबाट पश्चिम जोड्दा करिब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

विभागका अनुसार अहिले स्थानीय तहमा बनेका धेरैवटा सडकखण्डमा यसलाई प्रयोग गर्न सकिन्छ। दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै जाने लोकल सडक यो राजमार्गको निम्ति ट्र्याक रहेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.