दुर्लभ रातो पान्डाको उपचारका क्रममा मृत्यु

दुर्लभ रातो पान्डाको उपचारका क्रममा मृत्यु

भोजपुर : विश्वमै दुर्लभ रातो पान्डा (रेड पान्डा) भोजपुरमा फेला परेको छ। षडानन्द नगरपालिका ९ किमालुङ्गस्थित भालुखोला सामुदायिक वनमा विरामी अवस्थामा फेला परेको उक्त रातो पान्डाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ। 

किमालुङ्गको सामुदायिक वन नजिकै स्थानीय व्यवसायी निरकुमार राईले गत जेठ ६ गते साँझ सुतिरहेको अवस्थामा उक्त रातो पान्डा भेटेका थिए। ‘साँझ पसलबाट फर्किने क्रममा रुखको फेदमा अनौठो सानो भालु जस्तो सुतिरहेको भेटेँ। नजिक जाँदासम्म नहडबडाई सुतेर लामो सास फेरिरहेको देखेपछि वनका अध्यक्षलाई खबर गरेँ', भुइँमा लडिरहेको रातो पान्डा भेटेपछि सामुदायिक वनका अध्यक्ष दालमु शेर्पालाई खबर गरेका राईले अन्नपूर्णसँग भने, 'यस्तो अनौठो जीव मैले हाम्रो वनमा अहिलेसम्म देखेको थिइनँ।’

शेर्पाको सूचनापछि वनका रेञ्जर जसबहादुर गुरुङसहितको वन कार्यालयको टोलीले षडानन्द नगरपालिकाको सहकार्यमा रेड पान्डाको उद्धार गरेको थियो। उद्धार गरी षडानन्द नगरपालिका भेटरेनरी शाखा दिङ्लामा ल्याइएको रेड पाण्डको उपचारका क्रममा सोमबार मृत्यु भएको भेटरेनरी प्रमुख तुलाराज राईले जानकारी दिए। उनका अनुसार उक्त रातो पाण्डा लामो समयदेखि विरामी भएकोले बचाउन नसकिएको हो।  

संरक्षित २७ किसिमका स्तनधारी जीवमध्ये रातो पान्डा पनि एक हो। संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, दोलाखा लगायतका जिल्लामा पाइने रातो पाण्डा भोजपुरमा पहिलोपटक भेटिएको हो। 

नेपालमा रातो पाण्डा चोरीशिकारी गर्नेलाई पाँचदेखि १० लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.