'खप्तड काव्य यात्रा' मा तीनजना सम्मानित

'खप्तड काव्य यात्रा' मा तीनजना सम्मानित

डोटी : 'खप्तड काव्य यात्रा' का क्रममा कलाक्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका डोटीका तीनजना सम्मानित भएका छन्।नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहेको संस्था 'कन्सेप्ट नेपाल' ले मंगलबार खप्तड जाने क्रममा शैलेश्वरी प्राङ्गणमा सम्मान गरेको हो।

 
सम्मानित हुनेमा पुराना पत्रकार, नाटककार तथा मूर्तिकार धनबहादुर मल्ल, प्रखर देउडिया गोपाल पार्की र हुड्के (हुड्के नाचका नायक) पदम नेपाली रहेका छन्।उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गानका लेखक व्याकुल माईलाले जनही दश हजार तथा सम्मानपत्र प्रदान गरेका थिए।

सम्मानित व्यक्तिले सुदूरपश्चिमको कला, संस्कृती, लोकभाका संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मानित गरेको खप्तड काव्य यात्रा संयोजक अमृत भादगाउँलेले जनाए।

खप्तडको पर्यटन प्रवर्द्धनका लागि राजधानीबाट थालनी भएको 'खप्तड काव्य यात्रा' सोमबार डोटी आइपुगेको थियो। मंगलबार बिहानै शैलेश्वरी मन्दिर प्रागणमा सम्मान कार्यक्रम सम्पन्न गरेर खप्तड तर्फ प्रस्थान गरेको छ। 

काव्य यात्रामा 'राष्ट्रिय गान' का रचयिता ब्याकुल माईलासहितको कवि, साहित्यकार, लेखक, पत्रकार तथा साईकल यात्रीलगायतको टोली समावेश छ। जसको मुख्य उद्देश्य काव्य, पत्रकारिता तथा लेखनका माध्यमबाट खप्तडको पर्यटन प्रबद्र्धन रहेको आयोजक संस्थाले जनाएको छ। 

'काव्य तथा कलमको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो,' यात्रा संयोजक भादगाउँलेले भने, 'यसपटक खप्तडमा हाम्रो यात्रा चलिरहेको छ। यसले खप्तडको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिएका छौ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.