नेपालमा पूर्वराजा ज्ञानेन्द्रको भूमिका खोज्ने बेला आयोः शंकराचार्य

नेपालमा पूर्वराजा ज्ञानेन्द्रको भूमिका खोज्ने बेला आयोः शंकराचार्य

वीरगन्जः भारतका जगतगुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रबाट पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका खोज्नुपर्ने बेला आएको बताएका छन् ।

नेपालको धार्मिक भ्रमणका क्रममा काठमाडौँ हुँदै गत आइतवार वीरगन्जमा आएका शंकराचार्यले मङ्गलवार पत्रकार सम्मेलन गरेर नेपालमा अब धार्मिक र सांस्कृतिकरुपमा राजाको भूमिका खोज्नुपर्ने बेला भएको बताएका हुन् ।

राजतन्त्रकालमा कुनै धर्मलाई विभेद नगरेपनि राजा हटेपछि हिन्दु धर्ममाथिको अतिक्रमण बढेको उनले बताए । ‘सनातन हिन्दु धर्मलाई पश्चिमा धर्मले सेवाको नाममा अतिक्रमण गरिरहेका छन्’, उनले भने, ‘क्रिश्चियनहरुले शोषणको अभियान चलाएर हिन्दु धर्मावलम्बीहरुलाई अल्पसंख्यकमा पारिरहेका छन् ।’

नेपालमा सनातन धर्मको मठ, मन्दिरहरुमा द्वन्द्व फैलाएर हिन्दु धर्म संस्कृति माथि आक्रमण भइरहेको पनि उनले बताए ।  हिन्दुत्वको रक्षा तथा सबै मानवीय हितका लागि आफू विश्व अभियानमा रहेको शंकराचार्यले बताए । 

‘तर म  मुश्लिम र क्रिश्चियन धर्मको विरोधमा लागेको छैन, यसमा सबै प्रष्ट भए हुन्छ’, उनले भने, ‘क्रिश्चियनहरुले चलाइरहेको धर्म परिवर्तनको अभियान भविष्यमा उनीहरुकै लागि अभिषापसिद्ध हुनेछ । सनातन हिन्दु धर्मले मात्र मानवताको रक्षा गर्ने र वास्तविक सुख समृद्धि प्रदान गर्ने काम गर्छ ।’ 

काठमाडौँमा आफूले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा गोप्य वार्ता नगरेको पनि उनले बताए । ‘प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मैले हिन्दु धर्मबारे चिन्ता मात्र व्यक्त गरेँ’, उनले भने, ‘जनताको आकांक्षा अनुसार काम गर्न सुझाव पनि दिएको छु ।’

‘धेरैलाई लाग्यो होला मैले प्रधानमन्त्री ओलीसँग गोप्य वार्ता गरेर सत्ता पल्टाउने कुरा ग¥यो भनेर, तर त्यस्तो कुरा केही भएको छैन’, उनले अगाडि थपे । 

ज्ञानेन्द्रलाई भेटे

उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग वीरगन्जमा सोमबार भएको भेटमा पनि हिन्दु धर्ममाथि भइरहेको अतिक्रमणबारेमा  चिन्ता व्यक्त गरेको बताए । 

एक सातादेखि पर्सा, बारा र रौतहटको धार्मिक भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्रले सोमबार राति वीरगन्जको गोपालमण्डली अतिथी सदनमा शंकराचार्यसँग भेट गरेका थिए । 

नेपालमा अहिले कम्युनिष्ट पार्टीको सरकार रहेको र यसले हिन्दु धर्मलाई पार्ने प्रभावबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रश्नमा शंकराचार्यले कटाक्ष गर्दै भने, ‘दुइटा रोटी दिने नाममा नेता बन्नेहरु नै कम्युनिष्ट भएका छन् ।’

कम्युनिष्ट नेताहरु गरिबको नाममा अकूत धन कमाएर धनी बन्ने गरेको भन्दै शंकराचार्यले प्रश्न गर्दै भने, ‘चीन, भारत वा कुनै पनि देशमा कम्युनिस्ट नेता गरिब देख्नुभएको छ ?’  

उनले नेपाल र भारतका कम्युनिस्ट नेताहरुले पनि आपूmसँग भेटेर परामर्श लिने गरेको खुलासा गरे । नेपाल र भारतका कम्युनिस्ट नेता र उनीहरुलाई समर्थन गर्ने जनताको मनभित्र पनि सनातन हिन्दु धर्म नै रहेको दावी उनले गरे ।

नेपालको धार्मिक भ्रमणका क्रममा काठमाडौँ हुँदै गत आइतवार वीरगन्ज आएका शंकराचार्य तीनदिने वीरगन्ज बसाइ सकेर मङ्गलवार साँझ कोलकत्ता प्रस्थान गरेका छन् ।

यसअघि गत आइतवार वीरगन्ज आएकै दिन उनले यहाँका गहवामाई, महावीर, अलखिया मठ, राणीसती, विर्तामाई लगायतका मन्दिरमा पूजापाठ गरेका थिए । 

सोमबार आदर्शनगर रंगशालामा आयोजित हिन्दू धर्म जागरण सभामा उनले प्रवचन पनि दिएका थिए । सभामा प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पनि सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.