मदिरा र जुवातासविरुद्ध महिलाको विद्रोह, वडा कार्यालयमा ताला

मदिरा र जुवातासविरुद्ध महिलाको विद्रोह, वडा कार्यालयमा ताला

महेन्द्रनगरः मदिरा, जुवातास र लागूऔषधले समाजमा असर पुर्याएको भन्दै नियन्त्रण गर्नुपर्ने माग राख्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन् । 

भीमदत्त नगरपालिका–८ का महिलाहरुले आन्दोलन थालेका हुन् । उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न स्थानबाट आएका महिलाहरुले दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् । 

उनीहरुले कार्यालयमा राखिएका सामाग्रीहरु बाहिर फ्याँकिदिएका छन् । उनीहरुले कार्यालयमा रहेका कुर्सी, टेबुल र सोफाहरु बाहिर ल्याएर फ्याँकिदिएका हुन् । 

मंगलबार भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीय महिलाहरुले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयको कामकाज ठप्प भएको छ । 

‘स्थानीय सरकार गठन भएको वर्षदिन पुग्यो, अवैध मदिरा, जुवातास रोकिनुको साटो झन बढेको छ’ स्थानीय महिला गीता धानुकले भनिन्,‘ गाउँमा मदिराले निकै समस्या निम्त्याएको छ, यसको तत्काल बन्द हुनुपर्छ’ । 

गाँउमा अवैध मदिराको उत्पादन, कारोबार, अनियन्त्रित सेवनका कारण अपराध बढ्दै गएकाले मदिरा नियन्त्रणका लागि वडा सरकारलाई दबाब दिन तालाबन्दी गरिएको महिलाहरुले बताएका छन् । वडामा अवैध मदिरा, जुवातास र लागु औषध नियन्त्रण गर्नका लागि वडा सरकार उदाशिन देखिएको उनीहरुको आरोप छ । 

भीमदत्त नगरपालिका–८ का वडा अध्यक्ष ध्वजबहादुर विष्टले मदिरा, जुवातास र लागु औषधले समाजमा असर पारेको विषयमा महिलाहरुले आन्दोलन गर्नु जायज भएको बताए । उनले वडामा भइरहेका अपराधनका गतिविधि रोक्नका लागि आफूले पहल गरिरहेको बताए । 

‘वडा कार्यालयले घरेलु मदिरा, जुवातास र लागु औषध नियन्त्रणका लागि कार्ययोजना बनाउदै छ’ उनले भने, ‘अब कडाईका साथ हामी अघि बढ्ने छौं’ । 

मदिरा पिएर दिनुहँ घरमा घरेलु हिंसाको सिकार हुन बाध्य भएको महिलाहरुले बताए । ‘महिलाहरुले दिनहुँ घरमा गाली बेइज्जत सहनुपरेको छ, कुटाईसमेत खानुपर्ने अवस्था छ’ स्थानीय लक्ष्मी खडायतले भनिन्, ‘यो आन्दोलन हामीले समाज सुधार गर्नका लागि सुरु गरेका हौं’ । 

उनले वडामा तत्काल मदिरा बन्द गरिनुपर्ने माग गरिन । मदिरा, जुवातास र लागूऔषधका कारण सबैभन्दा बढी असर महिलामा पुगेको उनीहरुको दुखेसो छ । 

सार्वजनिक क्षेत्रमा धुमपान, मदिरा सेवनका साथै जुवातास खेल्ने प्रवृतिका कारण बालबालिकामा समेत त्यसले असर पुर्याएको उनीहरुले बताए । स्थानीय महिलाले गाउँमा शान्ति सुरक्षा कायम गर्नका लागि नियमित गस्ती गरिदिन समेत प्रहरीसँग माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.