छिमेकीको बन्चरो प्रहारबाट मृत्यु

छिमेकीको बन्चरो प्रहारबाट मृत्यु

फुङलिङ : सामान्य विवादमा छिमेकीले बञ्चरो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे निवासी ३५ वर्षीय किशोर लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो। 

उनलाई सोही ठाउँका ३५ वर्षीय डम्बर लिम्बुले सोमबार साँझ बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

सोमबार साँझ नै उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएका घाइते लिम्बुको उपचारका क्रममा मंगलबार विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको हो। बन्चरो प्रहार गर्ने लिम्बुलाई लाई भने  नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बस्नेतले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.