राजसंस्था र हिन्दराष्ट्र फर्काउन जनसंघर्ष गर्ने राप्रपाको निर्णय

राजसंस्था र हिन्दराष्ट्र फर्काउन जनसंघर्ष गर्ने राप्रपाको निर्णय

वीरगन्जः राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा विगतको सकृय राजसंस्था जस्तो नभई राजसंस्थासहितको लोकतन्त्र र हिन्दुराष्ट्र राष्ट्र पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

वीरगन्जमा बुधबार सकिएको केन्द्रीय परिषदको बैठकका निर्णय सार्वजनिक गर्न बुधबार गरिएको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि  देशव्यापी अभियान चलाउने निर्णय भएको जानकारी गराए ।राजसंस्था सहितको लोकतन्त्र र हिन्दुराष्ट्र राष्ट्र पुनर्स्थापनाका लागि राप्रपाले देशव्यापी निर्णयक जनसंघर्ष शुरु गर्ने निर्णय गरेको हो । 

‘राजसंस्था सहितको लोकतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रमका माध्यमबाट अझ बढी सशक्तरुपमा जनतामा जाने निर्णय भएको छ’, अध्यक्ष थापाले भने, ‘जेठदेखि माघ मसान्तभित्र छुवाछुतविरुद्ध राष्ट्रिय अभियान, मेची महाकाली राष्ट्रिय स्वाभीमान यात्रा, हिन्दु राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’

कांग्रेससँगको चुनावी तालमेल र निर्वाचनको संघारमा पार्टी विभाजन पार्टीको हारको प्रमुख कारण भएको निष्कर्ष निकालिएको राप्रपा अध्यक्ष थापाले बताए । उनले कांग्रेले लिखित सम्झौता उल्लंघन गरेका कारण चुनावमा पार्टी पराजित हुन पुगेको पनि बताए ।

बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जगतगुरु शंकराचार्यको नेपाल भ्रमण तथा पूूर्वराजा ज्ञानेन्द्र शाहले अहिले गरिरहेको धार्मिक भ्रमणले आफ्नो पार्टीको एजेण्डालाई कुनै पनि सहयोग नपुगेको निष्कर्ष पनि निकालेको छ । 

‘यदि कसैले हामीमाथि सदासयता राख्छ भने त्यसमा हामीलाई कुनै पनि आपत्ति छैन’, नेपाली जनताको शक्तिले नै हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने दावी गर्दै अध्यक्ष थापाले भने, ‘तर, नेपालमा हिन्दुराष्ट्र विदेशी शक्तिको आड र सहयोगमा होइन, नेपाली जनताको बलले नै ल्याउनुपर्ने पर्छ र ल्याइन्छ ।’

वीरगन्जमा तीन दिन चलेको राप्रपाको केन्द्रीय परिषदको बैठकले विगतमा फुटेर गएका दलहरुसँग पार्टी एकताको लागि आह्वान गर्ने निर्णय पनि गरेको छ । 

राप्रपालाई देशको सबै भन्दा ठूलो र अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्यको नीतिलाई आगामी दिनमा पनि राप्रपाले अवलम्बन गर्ने निर्णय बैठकले गरेको अध्यक्ष थापाले बताए । 

पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले देशको अहिलेका परिवर्तनकारी शक्तिहरुको पनि चित्त बुझ्ने र परम्पराको राजसंस्थालाई पनि मान्य हुने मध्यम मार्ग खोजी गर्नु देशको लागि उत्तम हुने धारणा व्यक्त गरे । 

अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति अस्वभाविक रहेको टिप्प्णी गरे ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय  सदस्य, ७७ जिल्लाका जिल्ला अध्यक्ष र क्षेत्रीय अध्यक्ष गरी ७ सय २५ जना सहभागी थिए । सहभागीहरुलाई सात समुहमा बिभाजन गरी कार्यपत्र र समसमायिक बिषयमा छलफल गरिएको राप्रपाका प्रवतmा भुवन पाठकले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.