बेवारिसे बिरामी व्यवस्थापन अस्पताललाई समस्या

बेवारिसे बिरामी व्यवस्थापन अस्पताललाई समस्या

भरतपुर : भरतपुर सरकारी अस्पतालका विभिन्न वार्डमा प्रायजसो बेवारिसे बिरामीहरू देख्न सकिन्छ । आफन्त नभएका त्यस्ता बिरामीलाई स्थानीयवासीले अस्पतालसम्म ल्याइदिने गरेका छन् । त्यस्ता बिरामीको उपचार अस्पतालले निःशुल्क गर्दै आएको छ । तर, बिरामीका आफन्त कोही नहुँदा उपचारबाहेकको स्याहार र व्यवस्थापनमा कठिनाई भएको छ । सहयोगीहरूले एम्बुलेन्समार्फत बेवारिसे बिरामी पठाएपनि अस्पताल पु¥याएलगत्तै तिनको व्यवस्थापन अस्पतालका लागि चुनौतीपूर्ण बन्ने गरेको छ । प्रहरीले पनि बेवारिसेको उद्धार गरेपछि उपचारका लागी यही अस्पताल पठाउने गरेको छ ।

उपचारपछि भने तिनको व्यवस्थापनमा कसैले पनि वास्ता नगर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । उपचार सकिएपछि अन्यत्र पठाउन नसक्दा तिनले ठाउँ ओगट्ने र अस्पतालमा अर्को बिरामी राख्न समस्या भएको अर्थोपेडिक विभाग प्रमुख डा. कृष्ण पौडेलले बताए । ‘खर्च नभएपछि सरकारी अस्पताल विकल्प ठानेर पठाउने भएकाले यो नियमितजस्तै भएको छ’, डा. पौडेलले भने । यस्ता बिरामीहरूको निःशुल्क उपचार सामाजिक सेवा इकाइ तथा विपन्न नागरिक उपचार कोषमार्फत गरेको छ । तर अस्पतालमा कुर्ने मान्छे नभएपछि स्याहारमा कर्मचारी खटिनुपर्ने बाध्यता छ ।

बेवारिसहरूको सेवामा जुटेको मानव सेवा आ श्रम नामक संस्थामा समेत ठाउँको अभाव भएपछि तिनको व्यवस्थापन झनै जटिल बनेको हो । यता, स्थानीय निकाय गुहारेपनि भरतपुर महानगरपालिकाले चासो नदिएको अस्पतालको गुनासो छ । यसअघि प्रहरीसँग समन्वय गरी त्यस्ता बिरामी मानव सेवा आ श्रम पठाउने गरिएको थियो । ‘औषधी उपचारमा समस्या होईन’, अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले भने ‘ उपचारको क्रममा स्याहार गर्न र लुगा फेरिदिने जनशक्ति नै हामीसँग छैन, कोही नहुँदा अर्को समस्या हो ।’

अघिल्ला चार आर्थिक वर्षको तथ्याङ्कअनुसार वर्षेनी अस्पतालमा असहाय बिरामी बढेका छन । निजी स्वास्थ्य संस्थाले उपचार सेवा दिन आनाकानी गरेपछि त्यस्ता बिरामी सरकारीमा पठाइन्छन् । अस्पतालको सामाजिक सेवा इकाइअनुसार आव २०७०÷७१ देखि २०७३÷७५ सम्म ७ सय २ जना असहाय बिरामीले यहाँ उपचार पाए । बिरामीमध्ये कतिपय मानसिक सन्तुलन ठिक नभएका कारण त्यसले थप समस्या परेको स्वास्थ्यकर्मी बताउँछन् । चालु आर्थिक वर्षमा मात्रै यहाँ एक सय एक बेवारिस बिरामीले उपचार लिए । ‘यहाँ रहँदासम्म अस्पतालले निशुल्क उपचार गरेपनि निको भएपछिको तिनको व्यवस्थापन चुनौतीपूर्ण छ’ , अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गोपालप्रसाद पौडेलले भने ‘उपचारपछिको व्यवस्थापन गा¥हो भएको छ ।’ यो समस्या समाधानका लागि भरतपुर महानगरपालिकालाई भनिएपनि महानगरपालिकाले उत्तर नदिएको अस्पताल स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.