फोरम अध्यक्ष यादव भन्छन् : प्रादेशिक अधिकार नदिएसम्म संघीयता बलियो हुदैन

फोरम अध्यक्ष यादव भन्छन्  : प्रादेशिक अधिकार नदिएसम्म संघीयता बलियो हुदैन

राजविराज :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताए । 

सप्तरीको राजविराजमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए। 

स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाए । 

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उनले जोड दिए । 

उनले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गरे। 

साथै प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उनको धरणा थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.