सत्तारुढ दलको अघोषित कार्यालय बालुवाटार !

सत्तारुढ दलको अघोषित कार्यालय बालुवाटार !

काठमाडौँ: सामान्यत: प्रधानमन्त्री निवास सरकारी प्रयोजनका लागि मात्रै प्रयोग गरिन्छ । तर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भने दलको बैठक बस्ने अखडा बन्ने गरेका छन् । 

नेपाली कांग्रेसको सरकार हुँदा बालुवाटारमै पार्टीको बैठकदेखि गुटको भेलासम्म बालुवाटारमा हुन्थे । त्यही कुरालाई वाम सरकारले पनि निरन्तरता दिँदै पार्टी बैठकदेखि भेलासम्म प्रधानमन्त्रीको सरकारी निवासमा गरिरहेका छन् । 

बालुवाटारलाई सत्तारुढ दलको केन्द्रीय कार्यालयकै रुपमा प्रयोग गर्ने गरिएको छ । बालुवाटार सत्तारुढ दलको अखडा भइरहँदा सम्बन्धित दलका पार्टी कार्यालय भने सुनसान हुने गरेका छन् । 

अरु त अरु सत्तारुढ दलका भोज भतेर पनि प्रधानमन्त्रीको सरकारी निवासमा कर्मचारीहरु र सुरक्षाकर्मीसमेतलाई प्रयोग गरेर आयोजना गरिन्छ । 

नेपाल कम्युनिस्ट पार्टीले बिहीबार पहिलो बैठक समेत प्रधानमन्त्री निवास बालुवाटारमै गरेको छ । पछिल्लो समय सत्तारुढ पार्टीको बैठक बस्ने थलो नै बालुवाटार भएको छ । 

सत्तारुढ दलका बैठकहरु नियमित बालुवाटारमा भइरहँदा पार्टी कार्यालयमा जाने नेताको संख्या पनि न्यून छ । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकै पालादेखि सत्तारुढ दलका अधिकांश बैठक बालुवाटारमा हुँदै आएका छन् । 

गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवाले समेत कांग्रेसको बैठक बालुवाटारमा नै गर्ने गर्थे । के सरकारी निवास बालुवाटारमा दलको बैठक बस्नु न्यायसंगत छ ? किन बालुवाटारमै सत्तारुढ दलका बैठक बस्छन् तर किन पार्टी कार्यालयमा बस्न सक्दैनन् ? 

दलको बैठक हुँदा लाग्ने खर्च पनि सरकारी कोषबाटै ब्यहोरिन्छ । दलको बैठक तथा भेलामा ब्रेकफास्ट, लन्च र डिनरसम्म बालुवाटारमा हुन्छ र त्यसको खर्च सरकारकी कोषबाटै ब्यहोरिन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का प्रवक्ता राजेन्द्र गुरुङ बालुवाटारमा पार्टीको बैठक बस्नु गतल भएको बताउँछन् । ‘यो अत्यन्त अशोभनीय र आपत्तिजनक कुरा हो,’उनले भने,‘प्रधानमन्त्री भनेको देश र जनताको हो, एउटा पार्टीको होइन ।’ 

उनले बलुवाटार पार्टीको बैठक बस्ने गतल प्रवृति र परम्परालाई हटाउनुपर्ने बताए । ‘त्यो नेपालीको प्रधानमन्त्री बस्ने ठाँउ हो, नेकपाको केन्द्रीय समिति बैठक बस्ने ठाउँ होइन,’ उनले भने ।  

गुरुङले प्रधानमन्त्री बस्ने ठाउँ नेकपाको केन्द्रीय कार्यालय हुन नसक्ने बताए । ‘सत्तारुढ पार्टीको बैठक मात्र गर्ने हो भने बालुवाटारमा अरु पार्टीको पनि बैठक बसाउन दिनु पर्‍यो’, उनले भने,‘के राप्रपा र कांग्रेसले पनि त्यहाँ बैठक गर्न पाउँछन् ?’ 

पार्टीको सभापति वा अध्यक्ष नै प्रधानमन्त्री हुने गरेका कारण सहजताका लागि बालुवाटारमा बैठक हुने गरेको सत्तारुढ र विपक्षी दलका नेताहरुले दाबी गर्दै आएका छन् । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालयमा नै बैठक बस्नु उपयुक्त हुने बताउँछन । प्रधानमन्त्री निवासमा बैठक बस्ने कुरा पनि आपत्तिजनक नहुने कांग्रेस प्रवक्ता शर्माको भनाई छ ।

‘पार्टी कार्यालयमा बैठक बसोस भन्ने जनताको चहाना हो, तर प्रधानमन्त्री निवासमा बस्नु पनि आपत्तिजनक कुरा होइन,’ उनले भने ‘पार्टी कार्यालयपनि जनताकै सम्पत्ति हो, प्रधानमन्त्री निवास पनि, यो हाम्रो देशमा मात्र होइन संसारभरको अभ्यास हो ।’  

कांग्रेस प्रवक्ता शर्माले सिंहदबार भित्र चाहिँ पार्टीको बैठक बसेको अवसथामा आपत्तिजनक मान्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.