हेलमेट बिना बाइकमा सरर

हेलमेट बिना बाइकमा सरर

गौर : रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा मोटरसाइकल चालकले हेलमेट लगाउन छाडेर सुरक्षा जोखिम त बढाएकै छन्। सबैभन्दा धेरै त ट्राफिक नियमको धज्जी उडाएका छन्। चन्द्रनिगाहपुर बाट सदरमुकाम गौरजाने सडकमा मोटरसाइकल यात्रागर्ने  अधिकांश मोटरसाइकल चालक हेलमेट बिना नै मोटरसाइकल चलाइरहेको देखिन्छन्।

गौर चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर, डुमरीया, हर्साह, बिर्ता ,गरुडा, शिवनगर, शुकदेव चोकमा प्रहरीको इकाई कार्यालयहरु सडक छेउमा नै छन्। त्यहा ट्राफिक प्रहरी पनि ड्युटीमा हुन्छन्। तर, उनीहरुले कसैलाई कारबाही गरेको देखिँदैन। हेल्मेट नलगाउनेसँग ५ सयदेखि १५ सयसम्म जरिवाना गर्न सक्ने नियम छ। यस्तै चालक अनुमती पत्र नहुनेलाई एक हजारदेखि १५ सयसम्म जरिवाना हुन्छ।

गएको साउनयता रौतहटमा जिल्लामा ३५ जनाको दुर्घटनामा मृत्यु भएको छ। जिल्लामा टाफिक व्यवस्थापन फितलो बन्दै जादा दुर्घटना बढेको आरोप स्थानीयले गर्दै आएका छन। गएको १० महिनामा यता ६७ वटा दुर्घटना भएका छन्। वैशाख महिनामा मात्रै ९ वटा दुर्घटना भएकोमा ७ वटा मोटरसाइकल दुर्घटना भए। जिल्लामा सबै भन्दा बढी मोटरसाइकल दुर्घटना हुँदा मानिसको मृत्यू भएको र घाइते भएको तथ्यांक जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.