वाम सरकारमा जाँदै फोरम, राजपाले के गर्ला ?

वाम सरकारमा जाँदै फोरम, राजपाले के गर्ला ?

काठमाडौँ: संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सरकारमा समावेश हुने भएको छ । सरकारलाई समर्थन दिएको करिब सय दिनपछि फोरमले सरकारमा जाने निर्णय गरेको हो । फोरमले सरकारमा जानका लागि सोमबार बालुवटारमा नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमतिमा हस्ताक्षर गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'सँग फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति गरेका हुन् । 

सहमति अनुसार अब केही दिनमै फोरम सरकारमा समावेश हुने छ । सत्तापक्ष र फोरम नेपालबीच भएको सहमति अनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ । 

संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमतिपत्रमा उल्लेख छ ।

सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने र फोरम नेपाल सरकारमा सामेल हुने उल्लेख गरिएको छ । 

सर्त संविधान संशोधन 

फोरम नेपालका महासचिव रामसहाय यादव संविधान संशोधन संशोधन हुने विषयमा सहमति भएपछि फोरम सरकारमा जाने निर्णयमा पुगेको बताउँछन । 

उनले संविधान संशोधन गर्ने विषयमा हस्ताक्षर भइसकेकाले आपसी छलफल गरी छिट्टै सरकारमा जाने बताए । 'संविधान संशोधनका विषयमा हस्ताक्षर भइसक्यो', फोरम  महासचिव यादव भन्छन्, 'अब आपसी छलफलपछि फोरम सरकारमा सामेल हुन्छ ।' 

राजपा के गर्छ ? 

फोरम सरकारमा जाने भएपछि राष्ट्रिय जनता पार्टी नेपालबारे प्रश्न उठेको छ । उसले पनि सरकारलाई समर्थन गरिसेको छ । राजपा नेपाल भने अब सरकार के गर्छ त ? त्यो पार्टीले अहिलेसम्म संसदीय दलका नेता समेत चुन्न नसक्दा समस्यामा परेको छ। 

यता संविधान संशोधनका विषयमा फोरम र सरकारबीच हस्ताक्षर भइसकेको छ । त्यसअघि सरकारमा जाने विषयमा फोरम नेपालले निर्णय गरेलगत्तै राजपाले पनि निर्णय गरेको थियो । 

फोरमलाई प्राथमिकता

सरकारले पनि राजपालाई भन्दा फोरम बढी महत्व दिएको देखिन्छ । सरकारमा जाने विषयमा पनि अब राजपा तातिन्छ की ब्याक हुन्छ ? केन्द्रीय सरकारमा २५ जनाभन्दा बढीको मन्त्रिपरिषद् बनाउन नपाइने संबैधानिक व्यवस्था छ । अहिले २२ सदस्यीय मन्त्रिपरिषद छ । 

समर्थन गरेको करिब सय दिनपछि संघीय समाजवादी फोरम सरकारमा जान लाग्दा संसदीय दलको नेता समेत छान्न नसकेको राजपा अलमलमा परेको छ । 

यसअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोरमलाई पहिलो प्राथमिकता दिएका थिए । दुवै भारतीय नेताले फोरम अध्यक्ष उपेन्द्र यादवसँग एकल वार्ता गरे भने राजपाका नेताहरुलाई सामूहिक भेट दिएका थिए ।

फोरमबाट ३ जना मन्त्री भएपछि त्यो कोटा पनि सकिन्छ । त्यसपछि राजपालाई थप धर्मसंकट छ । सरकारमा जान्छु भन्दा पनि कसरी समावेश गर्ने भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समस्या पर्ने अवस्था छ । 

सरकारमा जान तयार: झा

राजपाका प्रवक्ता केशव झा संविधान संशोधनमा सरकारले प्रतिबद्धता जनाए सरकारमा जान कुनै आपत्ति नहुने बताउँछन् । ‘संशोधनमा प्रतिबद्धता भएमा हामीलाई सरकारमा जान कुनै आपत्ति  छैन,’ उनले भने। 

नेपाल कम्युनिस्ट पार्टीसँग पछिल्लो समयमा सरकारमा जाने विषयमा कुराकानी नभएको उनले बताए । ‘हामीसँग कुनै कुराकानी भएको छैन,’उनले अगाडि भने ।  

पहिले माग पुरा होस

उता राजपाका नेता लक्ष्मणलाल कर्ण माग पूरा नभएपछि मात्रै सरकारमा जाने बताउँछन । ‘हाम्रो बटमलाइन संविधान संशोधन हो', उनले भने, 'संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन ।’ 

प्रतिनिधि सभामा फोरम नेपालले प्रत्यक्षमा १० र समानुपातिकमा ६ गरी १६ सिट जितेको छ । राजपाले प्रत्यक्षमा ११ सिट र समानुपातिकमा ६ गरी १७ सिट जितेको छ ।

सम्बन्धित समाचार: 

नेकपा र फोरमबीच दुई बुँदे सहमति, फोरम सरकारमा सामेल हुने


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.