ओली सरकार आफ्नै कारणले ढल्छः नेता बलायर

ओली सरकार आफ्नै कारणले ढल्छः नेता बलायर

डोटीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बीरबहादुर बलायरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राष्ट्रिय स्वाधिनतामाथि प्रहार भएको बताएका छन् । 

मोदीको नेपाल भ्रमणका क्रममा बर्दी र हतियारसहितका भारतीय सेनाहरु नेपाली भूमिमा आउनु दुर्भाग्य भएको बलायरले बताए । नेपाल प्रेस युनियन डोटीद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बलायरले यस्तो बताएका हुन् ।

‘नाकाबन्दीको बेला भारतको विरोध गरेर जनमत जुटाएका केपी ओलीबाट मैले यस्तो आश गरेको थिइनँ’, उनले भने ‘यसले ओलीको राष्ट्रबादमाथि प्रश्न उठाएको छ ।’ 

भारतले लगाएको नाकावन्दीबारे नेपाली कांग्रेसले लामो समयपछि आधिकारिक धारणा सार्वजनिक गरेको बताउँदै उनले भने, ‘मोदीको भ्रमणका क्रममा भएको यो प्रवृत्तिले सरकारको राष्ट्रियताप्रतिको व्यवहार प्रष्ट भएको छ ।’

पार्टी एकताले कांग्रेस हर्षित

बलायरले नेकपा एमाले र नेकपा माओवादी एकीकरणले कांग्रेस हर्षित भएको बताए । ‘यो एकीकरणले नेपालको राजनीति धु्रवीकरण हुने संकेत दिएको छ’ नेता बलाएरले भने, ‘यसलाई कांग्रेसले सकारात्मक रुपमालिएको छ ।’ उनले लामो समयदेखिको अस्थिर राजनीति अन्त्य हुने बिश्वास पनि व्यक्त गरे ।

‘अब ओली नेतृत्वको सरकारलाई अरु कसैले पनि ढलाउन सक्दैन, यो सरकार शक्तिशाली बनेको छ’ बलायरले भने, ‘यदि यो सरकार ढल्छ भने आफ्नै कारणले मात्र ढल्छ ।’ 
देशमा राजनीतिक स्थिरता हुनुपर्ने कांग्रेसको पनि चहाना भएको बलाएरले बताए । ‘कांग्रेस अस्थिर राजनीतिको इतिहास फेरि नदोहोरियोस् भन्ने चाहान्छ’, उनले भने । बलायरले सरकार संविधान र प्रजातान्त्रिक मूल्यमान्यताअनुसार चले नेपाली कांग्रेसले सहयोग गर्ने बताए । 

‘जनताले पत्याउने खालकाकार्यक्रमहरु जो ले गर्छ उसैलाई जनताले समर्थन गर्छन’ सरकारले कामगर्नु पर्ने वताउँदै बलाएरले भने ‘अवबोलेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ ।’ जनताले अव भाषण होईन नगदखोजेको बलायरले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.