सुजन र सीमालाई तेहेरो उपाधि

सुजन र सीमालाई तेहेरो उपाधि

धरान : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा धरानका सुजन श्रेष्ठ र विराटनगरकी सीमा राजवंशीले तेहेरो उपाधि हात पारेका छन्। संघीय प्रहरी एकाइ कार्यालय धरानको कभर्डहलमा मंगलबार सम्पन्न फाइनलमा दुवै खेलाडीले तीन विधामा उपाधि हात पारे।

पुरुष युगलतर्फ सुजन श्रेष्ठ र प्रनिशसिंह ठकुरीको जोडीले विशाल तामाङ र सूर्य श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि हात पार्‍यो। श्रेष्ठ र ठकुरीको जोडीले २१–११, ९–२१, २१–१७ को सेटमा जित हात पार्‍यो। धरानका सुजन श्रेष्ठले पुरुष एकलतर्फको उपाधि पनि आफ्नो बनाए। झापाका प्रनिशसिंह राजवंशीलाई १४–२१, २१–१७, २१–१८ अंकले पराजित गर्दै सुजनले पुरुष एकलको उपाधि जितेका हुन्। मिक्स डबलतर्फको उपाधि पनि सुजन श्रेष्ठ र सीमा राजवंशीको जोडीले हात पार्‍यो। सुजन र सीमाको जोडीले सूर्य श्रेष्ठ र धनमाया लिम्बूको जोडीलाई २१–१८, २१–१९ को सोझो सेटमा पराजित गर्‍यो।

महिला एकलतर्फको उपाधि विराटनगर ब्याडमिन्टन क्लबकी सीमा राजवंशीले हात पारिन्। उनले विराटनगर ब्याडमिन्टन क्लबकै नीता लम्साललाई २१–१५, २१–१६ को सोझो सेटमा पराजित गरिन्। यू–१९ महिलातर्फको उपाधि पनि सीमा राजवंशीले नै हात पारिन। उनले नीता लम्साललाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरिन्। यू–१९ पुरुषतर्फको उपाधि झापाका प्रनिशसिंह ठकुरीले हात पारे। प्रनिशसिंहले धरानका सत्यम सुब्बालाई २१–१४, २१–१९ को सेटमा पराजित गरे।

६ वटै विधाका विजेता र उपविजेताले आगामी साउनमा काठमाडौंमा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

विजेतालाई संघीय प्रहरी एकाइ कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक हरिबहादुर पाल, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष चन्द्रशेखर लामा, इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख जयराम श्रेष्ठ, विजयपुर अस्पताल धरानका निर्देशक प्रभाव खतिवडा, सुनसरी ब्याडमिन्टन संघका उपाध्यक्ष मणिकुमार गुरुङ र नेपाल प्रहरी विद्यालयका प्रमुख सुनील दाहालले पुरस्कार प्रदान गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.