विद्यालय निर्माणको रकम यार्सा व्यापारमा

विद्यालय निर्माणको रकम यार्सा व्यापारमा

दुनै : डोल्पाको एक विद्यालयमा भवन निर्माणको रकम बैंकबाट झिकेर यार्चा व्यापारमा गरिएको छ। मुड्केचुला गाउँपालिका–३ को नवज्योति आधारभूत विद्यालय भवन निर्माणको ११ लाखको रकम बैंकबाट निकालेर यार्चाको व्यापार गरिएको हो।

शिक्षा विकास तथा समन्य इकाइ डोल्पा र नवज्योति आधारभूत विद्यालयबीच दुईकोठे भवन निर्माणका लागि सम्झौता गरेको भवनको रकम अर्कै विद्यालयका प्रधानाध्यापकले निकालेर यार्चा व्यापार गरेको खुलासा भएको छ। यही आर्थिक वर्षभित्र विद्यालयको भवन सम्पन्न गर्न समुदायले हाल विद्यालय निर्माण गरिरहेको छ।

विद्यालय भवन निर्माण भइरहेको र अन्य निर्माण सामग्री खरिद गर्न भवन निर्माण समितिका पदाधिकारी रुपैयाँ निकाल्न भनी जिल्ला सदरमुकाम दुनैमा पुग्दा अर्कै विद्यालयले निकालेको निर्माण समितिका अध्यक्ष पदम थापाले जानकारी दिए। उनका अनुसार सामान खरिदका लागि आवश्यक रकम निकासा गर्न बैंकमा पुग्दा मुड्केचुला–१ कै अर्को आधारभूत विद्यालयमा रकम जम्मा गरी प्रधानाध्यापकले यार्चा व्यापारमा लगाएको बताए।

शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जानाजान एक विद्यालयको भवन निर्माणको रकम अर्को विद्यालयको खातामा जम्मा गरिदिएको भवन निर्माण उपभोक्ता सममितिका अध्यक्ष पदम थापले आरोप लगाए। उनले भने, ‘कसरी त्यति ठूलो रकम अर्को विद्यालयको खातामा जम्मा गरियो र अर्का विद्यालयका प्राधानाध्यापकले आफूखुसी निकासा गरी यार्चामा लगानी गरे ? ’

नवज्योति आधारभूत विद्यालय रिडिङकोे खाता नम्बर ०८७००१०१२६६०७७०००००१ मा जम्मा गर्नुपर्ने भवन निर्माणको ११ लाख २० हजार रुपैयाँ नवज्योति विद्यालय औलको खाता नम्बर ०८७००१०१२६६१०९०००००१ मा जम्मा गरी सोही विद्यालयका प्रधानाध्यापक तिलक खड्काले कोही–कसैलाई जानकारी नै नगरी सुटुक्क ११ लाख रकम निकासा गरी यार्चा व्यापारमा लगेको स्थानीय नरबहादुर थापाले आरोप लगाए। उनले भने, ‘शिक्षाका हाकिम र लेखापालकै मिलेमतोमा गलत नियतले अर्को विद्यालयको खातामा जम्मा गरेका हुन्।’

यता, शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख सिंह राज डाँगीले विद्यालयको नाम एकै परेको र कार्यालयबाट केही प्राविधिक त्रुटि भएको स्विकारे। उनले भने, ‘पुरानो खातालाई नयाँ २० अंकको खातामा परिणत गर्ने क्रममा विद्यालयको नाम एकै परेपछि त्यस्तो समस्या आएको हो।’

बिनाशीर्षकको रकम विद्यालयको खातामा जम्मा भएको ११ लाख रुपैयाँ निकालेका प्रधानाध्यापक तिलक खड्का सम्पर्कविहीन भएका छन्। यता, भवन निर्माण उपभोक्ता समितिले ब्याजमा रकम निकालेर सामान खरिदमा लगाएको समितिले जानकारी दिएको छ।

शिक्षाले रकम फरक विद्यालयमा गएको थाहा पाएपछि प्रअ खड्कालाई सम्पर्कमा आउन नचाहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पामा प्रमुख सिंहराज डाँगीले जानकारी दिए। उनले भने, ‘जिल्ला प्रशासनले प्रहरीमार्फत पक्राउ गरी उक्त रकम विद्यालयको खातामा जम्मा गराउनेछौं।’

नवज्योति प्रावि रिडिङको भवन निर्माणको रकम मुड्केचुला गाउँपालिकाकै वडा नम्बर १ को नवज्योति विद्यालय औलको खातामा जम्मा भई प्रधानाध्यापक तिलक खड्काले यार्चा व्यापारमा लगाउँदा सम्पर्कविहीन भएको विद्यालय व्यवस्थापन समिति र स्थानीय अगुवा लंकबहादुर रोकायाले आरोप लगाए। यता, शिक्षाले भने हाल भवन निर्माण भइरहेको विद्यालय र रकम जम्मा भएको विद्यालयको खाता रोक्का गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.