सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्री जेल चलान

सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्री जेल चलान

बिराटनगरः त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा जोडिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री जेल चलान भएका छन् । 

बिहीबार भएको बादी प्रतिवादीबीचको बहस र थुनछेकको बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसादको एकल इजलासले खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

अदालतको आदेशमा भनिएको छ, ‘निज प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको आधार देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई संगठगित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ को देहायको २ को आधारमा पुर्पक्षाका लाथि थुनामा राख्न नियमानुसाको सिदा खान पाउने गरी अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिमको थुनुवा पूर्जी दिई कारागार कार्यालय मोरङमा पठाइदिनु भनी कारकार बन्दोबस्ती १२१ बमोजिम यो आदेश गरेको छु ।’

साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्री बिहीबारै मोरङ अदालतमा हाजिर भएका थिए । फरार खत्रीलाई पक्राउ गर्न  रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो । खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताएका थिए । 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री अभियोग लागेपछि फरार थिए । खत्रीलार्इ पक्राउ गरेमा सुन तस्करीका मालिक र गिरोह नै खुल्ने बयान यसअघि पक्राउ मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिएका थिए ।

गोरेको बयानपछि विमानस्थलबाट एक किलो सुन तस्करी गराउँदा ५ हजार लिने गरेको अभियोग लागेका खत्रीको खोजी लार्इ सरकारद्वा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वमा गठित विशेष टोलीले गरिरहेको थियो । 

खत्री तीन वर्षसम्म निरन्तर विमानस्थलमा कार्यरत रहँदा ठुलो परिमाणमा सुन तस्करी भएको थियो । यसअघि विमानस्थलबाट बरामद भएको ३४ किलो सुन तस्करीमा संलग्नता देखिएर पक्राउ परेका खत्रीले अदालतबााट सफाइ पाएका थिए । 

तर खत्रीकै सेटिङमा विमानस्थलमा भित्रिने तस्करीको सुन बाहिरिने गरेको बयान गोरेसहितका अभियुक्तले दिएपछि उनी सर्वाधिक खोजीको सूचीमा थिए। आफ्नै गाडीमा राखेर विमानस्थलबाट बाहिर सुन निकाल्ने गरेको बयान गोरेले दिएका थिए । प्रहरी प्रधान कार्यालयले खत्रीको खोजीलका लागि इन्टरपोलबाट नोटिस पनि जारी गरेको थियो । 

गोरेले मोरङ अदालतमा दिएको बयानमा खत्री नै सुन तस्करीका प्रमुख व्यक्ति भएको र उनको सेटिङमा नेता र प्रहरीका ठुला हाकिम समेत मिलेको बताएका थिए । उनले बयानका क्रममा तस्करीबाट प्राप्त रकम आफुले ‘खाई मासेको’ र आफुसँग एक रूपैयाँसमेत नरहेको बयान दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.