कर्णाली करिडोर अन्तिम चरणमा

कर्णाली करिडोर अन्तिम चरणमा

कालिकोट : राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोरको लालीघाटदेखि बाजुराको सिमानासम्मको ४० किलोमिटर खण्डमध्ये ३८.५ किलोमिटर पूरा भएको छ। समग्र कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अब खुलालुदेखि जितेसम्मको १.५ किलोमिटर मात्र निर्माण गर्न बाँकी छ। लालिघाटदेखि कालिकोट र बाजुराकोे सिमाना लैफुसम्मको सडक निर्माण पूरा भएको नेपाली सेनाले जानकारी दिएको छ।

कालिकोटको खुलालु, बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने सडकको लम्बाइ एक सय ९६ किलोमिटर छ। नेपाली सेनाले निर्माण गरिरहेको यो सडक पूरा भएपछि चीनको सीमा हिल्सादेखि दक्षिणी भारतीय सीमा जमुनाहसम्म पाँच सय सय ३० किलोमिटर सडक निर्माण हुनेछ। पूरा भएको सडक यसै आर्थिक वर्ष सडक विभागलाई हस्तारण गर्न लागिएको नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदल प्रमुख मेजर मिलन कार्कीले बताए।

‘हामीले कर्णाली करिडोर अन्तर्गतको कालिकोटखण्डको निर्माण पूरा गरेका छौं’, उनले भने, ‘यसै आर्थिक वर्ष सडक विभागलाई बुझाउने तयारी भएको छ।’ निर्माण कार्य बाँकी रहेको खुलालुदेखि लालीघाटसम्मको सडक निर्माणमा खुलालुको पक्की पुल बन्न केही समय लाग्ने र जितेगडा बजार, जितेगडामा हालिएको फेरि, झोलुंगे पुलमा असर पर्ने भएकाले आगामी आर्थिक वर्षको कातिकदेखि निर्माण कार्य सुरु गर्ने कार्कीले बताए। ‘खुलालुको पक्की पुल नबनेका कारण निर्माणमा केही ढिलाइ भएको हो’, उनले भने, ‘जितेगडाको बजार, फेरि र झोलुंगे पुललाई असर हुने भएकाले आगामी आर्थिक वर्षबाट निर्माण गर्ने तयारी छ।’

समग्र कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोर अब खुलालुदेखि जितेसम्मको १.५ किलोमिटर मात्र निर्माण गर्न बाँकी छ।

 सेनाले जिम्मा पाएको कर्णाली करिडोरको एक सय सय ४५ किलोमिटरमध्ये कालिकोटको ३८ दशमलव ५ किलोमिटर, बाजुराको ४५ किलोमिटर र बाँकी हुम्लाको सडक निर्माण भइसकेको छ। २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई यो सडकको ट्र्याक खोल्ने जिम्मा दिने निर्णय गरेको थियो। हुम्लाको सिमीकोटसम्मको एक सय ९६ किलोमिटरमध्ये सरिसल्लासम्मको एक सय ४५ किलोमिटर सडक नेपाली सेनाले निर्माण गर्नेछ। बाँकी ५१ किलोमिटर खण्ड सडक विभागले जिम्मा लिएको छ।

यो सडक भारतको रुपैडिया नाकाबाट सुरु भई सुर्खेत, कालिकोटको खुलालु, लैफु, बाजुराको गोत्री, जगन्नाथ, बाँधु र रुगिन हुँदै हुम्लाको मैला सुरु भएर सिमिकोट हुँदै छिमेकी राष्ट्र चीनको तिब्बतसँग सिमानासम्म सडकखण्ड जोडिनेछ। कर्णाली करिडोरलाई यो प्रदेशको समृद्धिको आधारका रूपमा हेरिएको छ। भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा यहाँको विकासले पनि गति लिने अपेक्षा गरिएको छ। कर्णाली करिडोर निर्माण पूरा भएपछि अन्य पूर्वाधारको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक अवस्थामा सुधार आउने नेपाली कांग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले बताए। कर्णाली करिडोरको कालिकोट खण्डको अवस्थाका बारेमा कालिकोट जिल्लाका सरोकारवालाले अनुगमन समेत गरेका छन्। ००००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.