हात खुट्टा बाँधेर कोठामै युवकको हत्या

हात खुट्टा बाँधेर कोठामै युवकको हत्या

भैरहवाः रुपन्देहीको भैरहवामा एक युवकको हात खुट्टा बाँधेर हत्या गरिएको छ । आइतबार राति खाना खाएर कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुर का २२ वर्षीय सतिश सहानीको शव सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

हात खुट्टा प्लाष्टिकको डोरीले र मुख प्लाष्टिकले बाँधेर साहनीको हत्या गरिएको पाइएको उनले बताए । उनका अनुसार घरको माथिल्लो तल्लामा मृतक साहनीे एक्लै र भुइँतल्लामा उनका दाजुको परिवार बस्ने गरेका थिए । 

घटनाको प्रकृति हेर्दा मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको (तारले बन्द गरिएको) कारण ढोका नखोलिएको र अपराधी सहजै खोल्न मिल्ने कोठाको झ्यालबाट कोठामा पसी हत्या गरेर त्यहीँबाट भागेको हुन सक्ने प्रराम्भिक अनुसन्धानमा पाइएको एसपी ज्ञवालीले बताए ।

मृतकका वुवा विद्युत प्राधिकरणका कर्मचारी हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि भैरहवा भीम अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.